सर्लाहीमा शनिबार ७ जना कोरोना संक्रमित थपिएका छन । कौडेना गाउँपालिकाका ५ तथा चक्रघट्टा गाउँपालिकाका २ जना गरी ७ जना नयाँ संक्रमित थपिएका हुन् ।
जिल्लाकोे कौडेना गाउँपालिकाका ५ तथा चक्रघट्टा गाउँपालिकाका २ जना गरी ७ जना नयाँ संक्रमित थपिएका हुन् । कोरोना संक्रमित थपिथपिएपछि जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ५ सय ४२ पुगेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनु भयो ।
सर्लाही, जनकपुर, वीरगंज र काठमाडौंको आईसोलेसनमा उपचाररत १ सय ८३ जना संक्रमित भने निको भएर घर फर्किसकेका छन् । अझैपनि भारतबाट फर्किएका ४ सय जना जिल्लाका विभिन्न स्थानिय निकायले तयार गरेका आइसोलेसनमा रहेका छन् । पछिल्ला केही दिनयता भारतबाट आउने क्रम घट्दै गएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लामा २० स्थानिय निकाय रहेका भएपनि हाल सम्म लालबन्दी नगरपालिका बाहेक १९ स्थानिय निकायका गरी कोरोना संक्रमित हुनेको संख्या ५ सय ४२ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।
देशकै सबैभन्दा धेरै २० स्थानिय निकाय रहेको जिल्लामा ११ नगरपालिका र ९ गाउँपालिका रहेका छन जस मध्ये हाल सम्म एक मात्र लालबन्दी नगरपालिका सुरक्षित रहेको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो । नगरपालिका विशेष व्यास्थाका साथ लागेका कारण हाल सम्म पनि कोरोना संक्रमण नदेखिएको नगर उप प्रमुख शान्ती कुमारी लामाले बताउनु भयो ।