सञ्चारकर्मी पटेलमाथि चन्द्रपुर अस्पताल प्रा.लिका सञ्चालक डा.चौधरीद्वारा दुव्र्यवहार,

1.5k Shares

रौतहटको चन्द्रपुर नगरपालिका ७ मा रहेको चन्द्रपुर अस्पताल प्रा.लिका सञ्चालकले पत्रकारमाथी दुव्र्यवहार गरेका छन् । चन्द्रपुर नगरपालिका ७ मा रहेको चन्द्रपुर अस्पताल प्रा.लिका सञ्चालक डा.सुभाष चौधरीले जिल्लाका क्रियासिल पत्रकार रुपेन्द्र पटेलमाथी दुव्र्यवहार गरेका हुन ।
भदौ २० मा चन्द्रपुर नगरपालिका ७ का रुपलाल माझीका १० वर्षीय छोरा दिपेश माझीलाई समान्य ज्वरो आएर उपचारका चन्द्रपुर अस्पताल प्रा.लिमा लगि उपचारको क्रममा चिकित्सकको लापर्वाहीले बालकको मृत्यु भएको थियो । सोही विषयमा  पीडित पक्षले चन्द्रपुर अस्पताल प्रा.लिमा तोडफोड गरेको समाचार सम्प्रेषण गरिएको विषयलाई लिएर चन्द्रपुर अस्पताल प्रा.लिकासञ्चालक डा.चौधरीले पत्रकार पटेलमाथी दुव्र्यवहार गरेका हुन ।
सामान्य ज्वरो आएपछि उपचारको लागि अस्पतालमा ल्याउँदा चिकित्सकको लापर्वाहीले बालकको मृत्युपछि चन्द्रपुर अस्पताल प्रा.लिमा तोडफोड समेत भएको थियो । सोही समाचार सम्प्रेषणको विषयलाई लिएर स्थानिय एक सञ्चारकर्मीको विशेष सहयोगमा चन्द्रपुर अस्पताल प्रा.लिकासञ्चालक डा.चौधरीले अपहरण शैलीमा पत्रकार पटेललाई अस्पतालभित्र लगेर डर,धाक,धम्की र त्रास देखाएर माफी मगाउने र त्यसको भिडियोसमेत बनाउने कार्य समेत गरेका पत्रकार पटेलले बताए ।
समाचारमा चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी गर्न पाईने कानूनी व्यवस्था हुँदाहुँदै चन्द्रपुर अस्पताल प्रा.लिका सञ्चालक डा.चौधरीले कानुन विपरित पत्रकार पटेललाई दुव्र्यवहार गरेपछि सञ्चारकर्मीहरुका संघ,संगठन र नेपाल पत्रकार महासंघले समेत घोरभत्सर्ना गरेको छ ।
समान्य ज्वरो आएर उपचारका चन्द्रपुर अस्पताल प्रा.लिमा लगि उपचारको क्रममा चिकित्सकको लापर्वाहीले बालकको मृत्यु भएको विषयमा सम्प्रेसित समाचार पनि डा.चौधरीको प्रतिक्रिया समेत समेटिएको भएपनि उनले गुण्डागर्दी र अपहरण शैलीमा पत्रकार पटेललाई अस्पतालमा ल्याएर गरिएको दुुव्र्यवहार प्रति कडा आपति जनाउँदै उनको मेडिकल काउन्सिल दर्ता समेत खारेज गर्न नेपाल पत्रकार महासंघ रौतहटले माग समेत गरेको छ ।
पत्रकार पटेललाई विभिन्न बहानामा अस्पताल लैजाने एक स्थानिय सञ्चार उद्यमी पनि प्रेस स्वतन्त्रता विरोधी गतिविधिमा लागेकोले छानबिन गर्न महासंघ रौतहटले विज्ञप्ती मार्फत माग  गरेको नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले बताए । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झाका अनुसार पत्रकार पटेलले“आफु चन्द्रनिगाहपुरमा आफ्नै काममा रहेको समयमा बुधबार दिउँसो करिब साढे १२ बजे चन्द्रपुर नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा स्थानिय सञ्चार उद्यमीले फोन गरेर आफुलाई पसलमा बोलाएका र उनको पसलमा पुग्दा एक ठाउँमा जाउँ एकै छिनमा फर्किने हो जाउँ भनेर आफ्नै मोटरसाईकलमा राखेर चन्द्रपुर हस्पिटल प्रा.लिमा लगेर हात समाती तानी भित्र लगे अनि चन्द्रपुर अस्पताल प्रा.लिका सञ्चालक डा.चौधरीलाई उनले मेरो बारेमा बताए र त्याँहाबाट स्थानिय सञ्चार उद्यमी भागे,त्यसपछि डा.चौधरीले फार्मेसी पछाडि रहेको एउटा रुममा आफ्ना कर्माचारीहरुको वीचमा क्यामरा मगाएर भिडियो बनाउँदै भदौ २० गतेको समाचार कसको बहकाउमा आएर लेखिस? नाम भन नत्र तँलाई ३ वर्षको लागि जेल चलान गर्न कुनै कसर बाँकी नराख्ने भन्दै डर त्रास देखाउन थाले । उनले भिडियो बनाउनु अघि भदौ २० गते समाचार लेखेको गलत हो। मैले कसैको बहकाउमा आएर सो समाचार लेखेको हूँ त्यसको लागि म चन्द्रपुर हस्पिटल प्रा.लि र डा.चौधरीसँग क्षमा चाहन्छु भन्ने जबरजस्ती बोल्न लगाए। नबोलेमा ३ वर्ष जेल र ३० हजार जरिवाना हुने त्रास देखाउँदै मलाई अभद्र व्यवहार गरे।’बताएका छन् ।
यता,चन्द्रपुर अस्पताल प्रा.लिका सञ्चालक डा.चौधरीले पत्रकार पटेकलसंग सामान्य भलाकुसारी भएको बताएका छन् ।  उनले बाहिर आएजस्तो केही हैन’ भन्ने प्रतिक्रिया दिए ।
भदौ २० मा सम्प्रेसित समाचारमा आखिर के थियो ?
डाक्टरको लापरवाहीले बालकको मृत्यु भएको भन्दै रौतहटको चन्द्रनिगाहपुरमा रहेको चन्द्रपुर अस्पताल प्रालिमा तोडफोड भएको छ । भदौ २० गते सोमबार बिहान करिब साढे ५ बजेको समयमा चन्द्रपुर नगरपालिका ७ का रुपलाल माझीका १० वर्षीय छोरा दिपेश माझीलाई समान्य ज्वरो आएर उपचारका लागि चन्द्रपुर अस्पताल प्रा.लिमा ल्याएको आधा घण्टामै ज्यान गएपछि स्थानीय आक्रोशित भएका थिए। 
आक्रोशित स्थानीयले अस्पतालमा ढुंगा प्रहार गर्दा अस्पतालको सिसा फुटेको छ। अस्पतालका सञ्चालक डा.सुवास चौधरीले भने,डाक्टरको लापर्वाहीका कारण नभएर बालकमा पहिला नै इन्फेक्सन भएका कारण मृत्यु भएको  बताए। मृतक बालकको शव पोस्टमार्टमका लागि वीरगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । घटनाबोरे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
स्थानीय के भन्छन् ?
चन्द्रपुर अस्पताल प्रा.लिका डाक्टरहरुकै लापर्वाहीका कारण दिपेश माझीको ज्यान गएको स्थानीय बताउँछन्। चन्द्रपुर नगरपालिका ७ का वडाअध्यक्ष विष्णुप्रसाद उप्रेतीले भने, सामान्य ज्वरो आएको बच्चालाई उपचारको क्रममा मृत्यु भएपछि डाक्टरको लापर्वाहीले ज्यान गयो भन्दा अस्पतालका सञ्चालक डा.चौधरीले के को लापरवाही कानुनमा जानुस् भनेर पठाएका थिए।
डा.चौधरीले आफूलाई कानुन नलाग्ने बताएका थिए। चन्द्रपुर अस्पताल प्रालिको लापर्वाहीका कारण कैयौँ बिरामीले ज्यान गुमाइसकेको अवस्था छ। नीयमकारी निकायले कारबाही नगर्दा सो अस्पतालका सञ्चालक डा.चौधरीको मानोमानी बढ्दै गएको हो। डा.चौधरीले सो अस्पतालमा सिकारु डाक्टरलाई राखेर अस्पताल सञ्चालन गर्दै आएको छ।
डा.चौधरीको पैसा असुल्ने धन्दा
राम्रै एरिया पाएको चन्द्रपुर अस्पताल प्रालिमा रिङ्गटा लाग्ने,टाउको दुख्ने,वाकवाकी हुने  जस्ता सामान्य  बिरामी आउने बित्तिकै सिटिस्क्यान गरेर पैसा असुल्ने गरेको स्थानीयले बताएका छन्। सो अस्पतालमा सुत्केरी हुन आउने अधिकांश महिलालाई अप्रेसन गरेर बच्चा निकाल्ने गरेको स्थानीयको भनाइ छ ।
भदौ २० गते सोमबार उपचारको क्रममा मृत्यु भएका दिपेशको घटनामा सत्यतथ्य छानबिन गरेर दोषी डाक्टरलाई कारबाही गर्न स्थानियले माग गरेका छन् । बिरामीका आफन्तहरुले बालकको उपचारमा लापर्वाही गरेका चिकित्सकलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन्।

सम्बन्धित समाचार