Close This

सर्लाहीमा एकै साथ दुई बिओपी उद्घाटन,६ बिओपी बाँकी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-११-१९ गते   ३८३ पटक हेरिएको

 सर्लाहीको सिमावर्ती क्षेत्रका दुइ स्थानमा बोर्डर आउट पोष्ट(विओपी)को स्थापना गरिएको छ । शसस्त्र प्रहरी प्रदेश नम्बर २ छिन्नमस्ता बाहिनीले जिल्लाको विष्णु गाउँपालिका १ मा र मलंगवा नगरपालिका ९ मा गरि दुई वटा बिओपी एकै साथ उद्घाटन गरेको हो ।
छिमेकी देश भारतसंग खुल्ला सिमाना रहेका कारण गैर कानुनी तथा अपराधिक गतिविधिहरु हुुनुको साथै सिमा सुरक्षामा समेत पटक पटक समस्या आउने गरेका कारण नेपाल सरकारले सिमानामा बिओपीको संख्या थप गर्ने घोषणा गरेपछि जिल्लामा बिओपीको संख्या थप्ने काम निरन्तर भइ रहेको छ ।


प्रदेश नम्बर २ का ८ जिल्लामा ४ सय ६४ किलो मिटर खुल्ला सिमाना रहेको  र त्यस मध्य ५१ किलो मिटर खुल्ला सिमाना सर्लाहीमा मात्र रहेका कारण जिल्लामा सुरक्षा चुनौती रहेको भएपनि पछिल्लो क्रममा लगातार बिओपीहरु थप्ने काम भएको छ । 
विष्णु गाउँपालिका १  मा आफ्नो १० औँ बिओपी स्थापना गरेको शसस्त्र प्रहरीले मलंगवा नगरपालिका ९ मा आजै(बुधबार) नै आफ्नो ११ औँ बिओपीको उद्घाटन गरेको छ । सर्लाही जिल्लाभर खुल्ला सिमाना रहेको ५१ किलो मिटरमा १७ वटा बिओपी स्थापना हुने भएपनि निरन्तर काम भएको र हाल सम्म गरि ११ औँ बिओपी स्थापना भइ सकेको शसस्त्र प्रहरी बल १० नम्बर हे.क्वा कविलासीका प्रमुख शसस्त्र प्रहरी उपरिक्षक गंगा श्रेष्ठले जानकारी दिनु भयो । बाँकी रहेका ६ वटा बिओपी पनि चाँडै स्थाना गरिने शसस्त्र प्रहरी उपरिक्षक श्रेष्ठले बताउनु भयो ।
खुल्ला सिमाना रहेका कारण भन्सार छली,मानव बेचबिखन,अपराधिक क्रियाकलाप,हातहतियार खरखजना लगायतका गैर कानुनी क्रियाकलाप नहुन भन्नका लागि नेपाल सरकारले सिमानामा बिओपीको संख्या थप गरेको शसस्त्र प्रहरी प्रदेश नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनी पति शसस्त्र प्रहरीका डिआइजी चन्द्र प्रकाश गौतमले बताउनु भयो । बिओपी उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका डिआइजी गौतमले शसस्त्र प्रहरी प्रती लागेका सुझाब सल्लाह र सुरक्षाका विषयमा पनि आफुलाई सिधैँ जानकारी गराउन सक्ने बताउनु भएको छ । 


प्रदेश नम्बर २ का जिल्लाहरुमा छिमेकी देश भारतसंग खुल्ला सिमाना रहेका कारण भन्सार छली,मानव बेचबिखन,अपराधिक क्रियाकलाप,हातहतियार खरखजना लगायतका गैर कानुनी क्रियाकलाप हुने हुँदा त्यस विषयमा आफु शसक्त भएर लाग्ने डिआइजी गौतमले बताउनु भयो ।
 कार्यक्रममा सम्बन्धीत स्थानिय निकायका प्रमुख,उप प्रमुखहरुका साथै नेपाल प्रहरीका प्रहरी उपरिक्षक,अनुसन्धान उप निर्देशक,सहायक प्रमुख जिल्ला अधिकारी लगायत शसस्त्र प्रहरी बलका प्रदेश नम्बर २ का ८ वटै जिल्लाका शसस्त्र प्रहरी उपरिक्षकहरुको उपस्थिती रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech