कुमारी बैक र ह्यारीसन होटल वीच सेवाग्राहीलाई १५ प्रतिशत छुट दिने सहमती

1.4k Shares

शंखर पहाडी(गौरब)
 सर्लाहीको बागमती नगरपालिका ११ स्थित रहेको कुमारी बैंक लि. र होटल ह्यारीसन वीच सेवाग्राहीहरुलाई छुट दिने विषयमा सम्झौता भएको छ ।
बागमती नगरपालिका ११ स्थित रहेको कुमारी बैंक लि. र होटल ह्यारीसन वीच सेवाग्राहीहरुलाई १५ प्रतिशत छुट दिने विषयमा सम्झौता भएको कुमारी बैक लि. बागमती शाखाका शाखा प्रमुख गोविन्द लामिछानेले जानकारी दिए ।
उनका अनुसार कुमारी र्बैक लि.का बचत कर्ताहरु तथा ऋणीहरुले कुमारी बैकको खाताबाट भुक्तानी गरेको खण्डमा होटल ह्यारीसनले १५ प्रतिशत छुट दिने विषयमा सहमती भएको हो । योसँगै अब कुमारी बैंकका क्रेडिट कार्डवाहकहरुलाई उक्त होटलमा १५ प्रतिशतसम्म आकर्षक छुट दिने भएको छ ।

सम्बन्धित समाचार