नेकपा  सर्लाहीमा १४,६ को सहमती

2.4k Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीको एकिकरणको काम सुरु भएको छ । नेपालको सबै भन्दा धेरै स्थानिय निकाय रहेको सर्लाहीका १४ वटा स्थानिय निकायमा पुर्व माओवादीले नेतृत्व गर्ने छ भने बाँकी रहेका ६ वटा स्थानिय निकायमा पुर्व नेकपा(एमाले)ले नेतृत्व गर्ने सहमती भएको हो ।
नेकपा सर्लाहीको बैठकले पालिका स्तरमा पार्टी एकिकरण गर्ने क्रममा स्थानिय तह निर्वाचनमा प्राप्त जनमतको आधारमा एकिकरण गर्ने समझदारी भएको नेकपा सर्लाहीका जिल्ला अध्यक्ष रेवती पन्तले जानकारी दिनु भयो । जिल्लाका नेकपाका ८ जना केन्द्रीय कमिटि सदस्य,जिल्ला अध्यक्ष र सचिवको उपस्थितीमा भएको छलफलमा यस्तो सहमती भएको नेकपा सर्लाहीले जनाएको छ ।
जिल्लाको लालबन्दी,ईश्वरपुर,हरिपुर,हरिवन,मलंगवा र कविलासीमा पुर्व नेकपा एमालेबाट अध्यक्ष चयन गरिने छ भने बाँकी रहेका १४ वटा स्थानिय निकायमा पुर्व माओवादीबाट पालिका स्तरीय कमिटिको अध्यक्ष चयन गर्ने सहमती भएको अध्यक्ष पन्तले बताउनु भयो । पुर्व माओवादीको अध्यक्ष चयन हुने स्थानमा पुर्व एमालेबाट सचिव चयन गरिने र पुर्व एमालेबाट अध्यक्ष चयन हुने स्थानमा पुर्व माओवादीबाट सचिव चयन गर्ने सहमती भएको नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिनु भयो ।
सर्वसहमत हुन नसकेका स्थानिय निकायमा उम्मेदवारको नामावली प्रदेश कमिटिमा सिफारीस गर्ने र सहमती जुटेको स्थानमा जिल्ला अधयक्ष र सचिवको उपस्थितीमा टुंगो लगाउने समझदारी भएको नेकपा सर्लाहीले जनाएको छ । आ–आफ्नो भागमा परेका अध्यक्ष तथा सचिवको क्रमस टुंगो लगाउँदै जाने सहमती समेत भएको छ । आपसी समझदारीमा टुंगो नलागेमा नामावली प्रदेश कमिटिमा सिफारीस गर्ने प्रावधान अनुसार काम गर्ने सहमती समेत भएको नेकपा सर्लाहीका  सचिव बुढाथोकीले बताउनु भयो ।

सम्बन्धित समाचार