बिरामीको चाप बढेपछि लालबन्दी नगर अस्पताल तीन सिफ्टमा सञ्चालन हुने

141 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ९ स्थित सञ्चालित लालबन्दी नगर अस्पतालमा बिरामीको चाप बढेपछि तनि सिफ्टमा सञ्चालन हुने भएको छ।लालबन्दी नगरपालिका ९ स्थित रहेको लालबन्दी नगर अस्पतालमा बिरामीको चाप बढेपछि बिहान ८ बजेदेखि नै बहिरंग सेवा(ओपीडि) सेवा संचालन गर्न थालिएको नगर अस्पतालका प्रमुख डा.चन्दन चौधरीले जानकारी दिए ।उनका अनुसार पछिल्लो समय सेवामा सुधार गर्दै आफ्ना सेवा सञ्चालन गरेपछि लालबन्दी नगर अस्पतालमा बिरामीको चाप बढेपछि बिहान ८ बजेदेखि ओपिडी सेवा सञ्चालन गर्न थालिएको हो ।
नगर अस्पतालमा अहिले डा. चौधरी र प्रसूति तथा स्त्री रोगतर्फका डा.रामविश्वास राय सहित सात जना मेडिकल अधिकृतहरुले सेवा सञ्चालन गरी रहेका लालबन्दी नगरपालिकाको नगर स्वास्थ्य शाखाका संयोजक मुमताज मिकरानीले जानकारी दिए।दुई जना मेडिकल अधिकृतको एक महिनापछि करारनामा सक्किन लागेकाले उनीहरु गएपछि प्रदेश तथा संघबाट थप चिकित्सक नपठाइएको खण्डमा नगर अस्पतालबाट सेवा सञ्चालनमा निकै समस्या हुने समेत लालबन्दी नगरपालिकाको नगर स्वास्थ्य शाखाका संयोजक मिकरानीले बताए ।
छात्रावृत्तिमा अध्ययन गरेका चिकित्सकहरुले दुई वर्ष करारनामामा काम गर्नुपर्ने प्रावधान अनुसार पाँच जना मेडिकल अधिकृत आएर काम गरिरहँदा नगर अस्पताल लालबन्दीलाई डाक्टर पर्याप्त भएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

सम्बन्धित समाचार