सर्लाहीको नेपाल–भारत सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको करिब साँढे सात लाख स्रोत नखुलेको रकम सहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।नेपाल–भारत सीमावर्ती क्षेत्र स्थित मलंगवा नगरपालिका–८ स्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल,नेपाल सीमा सुरक्षा गुल्म मलंगवाका गुल्मपति एवम सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णु अधिकारीको नेतृत्वमा डिउटीमा खटिएको सशस्त्र प्रहरीको टोलीले रु सात लाख ५७ हजार नेपाली नगदसहित एक जनालाई नियन्त्रणमा लिइएको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एबी ५८४८ नम्बरको मोटरसाइकलमा सवार कोडैना गाउँपालिका–४,मोतिपुरका अन्दाजी ३८ वर्षीय मुकेश कुमार यादवलाई शंका लागि चेकजाँच तथा खानतलासी गर्दा स्रोत पुष्टि हुन नसकेको नेपाली नगद रु सात लाख ५७ हजार फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार रु एक हजारका पाँच सय ७५ थान,रु पाँच सयका तीन सय ४४ थान,रु सयका ४४ थानका साथै रु ५० का एक सय १२ थान नेपाली नोट फेला परेको हो । नियन्त्रणमा लिइएको मोटरसाइकल,सहित यादव र बरामद् भएको रकम आवश्यकका सवालमा आवश्यक अनुसन्धान सुरु भएको छ ।तर पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रलाई गैर कानूनी क्रियाकलाप गर्ने व्यत्तीहरुले सहज मार्गको रुपमा लिने गरेका र त्यसलाई सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुले विशेष निगरानी गरि राखेका छन् ।