सर्लाहीको ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासलाई प्रदेश सरकारबाट नयाँ गाडी प्राप्त भएको छ ।मधेश प्रदेश सरकारको गृह,संचार तथा कानून मन्त्रालयले एक साताअघि प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषालाई प्रदान गरेको १२ वटा पिकअप जिपमध्ये ईलाका प्रहरी कार्यालय केशरगन्जलाई एउटा गाडी उपलब्ध गराइएको हो ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले इलाका प्रहरी कार्यालय केशरगन्जका प्रमुख एवं प्रहरी निरीक्षक नितेश कुमार सिंहलाई आईतबार एक कार्यक्रमको आयोजना गरि उत्त गाडी हस्तान्तरण गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
ईश्वरपुर र हरिपुर्वा नगरपालिकाका साथै चन्द्रनगर गाउँपालिकाको गरी २६ वटा वडा कार्यक्षेत्र रहेको इलाका प्रहरी कार्यालय केशरगन्जलाई थप नयाँ गाडी प्राप्त भएसँगै शान्ति–सुरक्षा प्रदानमा सहजता भएको इलाका प्रहरी कार्यालय केशरगन्जका प्रमुख एवं प्रहरी निरीक्षक सिंहले बताए ।
“वर्तमान सुरक्षा अवस्था र चूनौति”विषयक अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरि सोही कार्यक्रमको अवसर पारेर उक्त गाडि हस्तान्तरण गरिएको हो। इलाका प्रहरी कार्यालय केशरगन्जमा रहेको एउटा गाडि पुरानो भएका कारण प्रहरीलाई गस्ती गर्न तथा शान्ती–सुरक्षा प्रदान गर्न असहज भएको थियो ।