Close This

नलकटुवा पेस्तोल सहित दुई जना पक्राउ,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-२ गते   २६९ पटक हेरिएको

 सर्लाहीको इश्वरपुर नगरपालिका ५ बाट प्रहरीले  पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ । इश्वरपुर नगरपालिका ५ फुलजोरबाट नलकटुवा पेस्तोल सहित सोही स्थान निवासी अन्दाजी वर्ष ३३ का रामकरण महत्तो र अर्का सुरेन्द्र सदालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय केशरगञ्ज,वयलवालका प्रहरी प्रमुख प्रहरी निरिक्षक जनकराज ढुंगानाले जानकारी दिनु भयो । 
ईलाका प्रहरी कार्यालय बेशरगञ्ज,वयलवाल र प्रहरी चौकी फुलजोरको संयुक्त गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा उनिहरुकोे साथबाट एकथान मोवाईल,नकाव १ थान,रातीको समयमा प्रहरीले लगाउने जस्तो रंगको ज्याकेट १ थान र विआर ३० यु ७७७३ नम्बरको भारतिय मोटरसाईकल बरामद् गरेको प्रहरी निरिक्षक ढुंगानाले जानकारी दिनुभयो । पक्राउ परेका उनिहरुकोे वारेमा आवश्यक अनुसनधान जारी रहेको उहाँले बताउनु भयो ।
प्रहरी निरिक्षक ढुंगाना ईलाका प्रहरी कार्यालय केशरगञ्ज,वयलवास आएपछि फारार सुचिमा रहेका अपराधिहरुको खोजीकार्य तिब्रगतिमा अगाड िबढाउनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech