बाढी पहिरोले सिन्धुलीमा तीन अर्वको क्षती,करिब ८० लाख बराबरको राहत वितरण

348 Shares

असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट सिन्धुलीमा करिब तीन अर्वको भौतिक क्षती भएको पाइएको छ।अविरल वर्षा सँगैको बाढी र पहिरोले सिन्धुलीमा करिब तीन अर्वको भौतिक क्षेती भएको जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुलीले जनाएको छ ।स्थानीय तह तथा प्रहरी प्रशासनले १५ दिन भन्दा बढी समय लगाएर संकलन गरेको तथ्यांक अनुसार जिल्लामा बाढी र पहिरोले करिब तीन अर्वको क्षती भएको पाइएका जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुलीका संयोजक एवम प्रमुख जिल्ला अधिकारी भरत खनालले जानकारी दिए ।
उनका अनुसार बाढीले गाउँ बस्ती र बजार डुवान पर्नुका साथै सडक,पुल,विद्यालय,स्वास्थ्य संस्था लगायतका संरचना डुवाउदा तथा धान खेत बगाउदा उक्त क्षती भएको हो।रोशी खोला र सुनकोशी नदीको बाढी दुम्जा, मुलकोट,खुर्कोट लगायत गोलन्जोर र फिक्कल गाउँपालिकाको नदी तटिय क्षेत्रमा पस्दा र हरीहरपुरगढी क्षेत्रका खोला खहरेले खेतीयोग्य जमिन र बस्तीमा क्षती गर्दा सो बराबरको क्षेती पुगेको जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुलीका संयोजक एवम प्रमुख जिल्ला अधिकारी खनालले बताए ।
संकलित तथ्यांक अनुसार बाढीले दुई सय ६३ घर पुर्ण क्षती,दुईं सय २५ घरमा आशिंक क्षती भएको छ भने  विपी राजमार्गका चार ठाउँमा,मध्य पहाडी लोकमार्ग सात ठाँउमा क्षती भएको पुर्याएको छ ।जिल्लाका दुईवटा पक्की पुल,२३ वटा झोलुङगे पुल र २१ वटा विद्यालयमा क्षती पुर्याएको छ । यो सँगै बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था,प्रहरी चौकी,माछा पोखरी,खानेपानी र सिंचाई क्षेत्रका साथै पसलहरुमा क्षती भएको पनि स्थानिय प्रशासनले संकलन गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
यता जिल्लामा स्थानिय प्रशासनले बाढी प्रभावित नागरिकलाई करिब रु ७९ लाख बराबरको राहत वितरण गरि सकेको जनाएको छ ।स्थानिय स्तरबाट प्राप्त तथ्यांकहरुलाई अभिलेखीकरण गरी नौ सय १८ जनालाई रु ७८ लाख ९१ हजार बराबरको राहत वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुलीका संयोजक एवम प्रमुख जिल्ला अधिकारी खनालले बताए ।

सम्बन्धित समाचार