विद्युत प्राधिकरण लालबन्दीद्धारा रु ४५ करोड भन्दा बढी बक्यौता संकलन

712 Shares

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीले रु ४५ करोड भन्दा बढी बक्यौता उठाउन सफल भएको छ । आर्थिक वर्ष २०७९÷०८० को साउनदेखि असार मसान्त सम्मको एक वर्षको अवधिमा कार्यालयले रु ४५ करोड २८ लाख ६४ हजार आठ सय ८१ रुपैँया १३ पैसा बक्यौता संकलन गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख संजिव कुमार साहले जानकारी दिए ।
उनका अनुसार कार्यालयले आर्थिक वर्ष २०७९÷०८० को साउनदेखि असार मसान्त सम्मको एक वर्षको अवधिमा रु ४६ करोड ९३ लाख ४३ हजार नौ सय ८९ रुपैँया ६५ पैसा बराबरको विद्युत महसुल र रु ४५ करोड २८ लाख ६४ हजार आठ सय ८१ रुपैँया १३ पैसा गतवर्षहरुको बाँकी रकम संलकन गरेको हो ।
कालो सुचिमा रहेका १६ वटा ग्रहकहरुबाट रु ३५ लाख ३७ हजार छ सय ७६ रुपैँया ६६ पैसा रकम संकलन भएको छ भने विद्युत काटिएका र पछि जडान गर्ने सात सय ५३ ग्रहकहरुबाट रु छ लाख ३७ हजार नौ सय १८ रुपैँया ९० पैसा संलकन भएको कार्यालय प्रमुख साहले जानकारी दिए ।
साह कार्यालय प्रमुख भएर आएदेखि घुम्ती आय संकलन काउण्टरहरु सञ्चालन गरेका कारण रकम संकलन ९६ दशमलव ४९ प्रतिशत पुगेको कार्यालयले जनाएको छ । जिल्लाको हरिवन र इश्वरपुरमा दैनिक आय संकलन काउण्टर सञ्चालन भएको छ जसबाट पनि सोचे अनुसारको रकम संलकन गर्न सफल भएको कार्यालय प्रमुख साहले बताए । जिल्लाको लालबन्दी,हरिवन,बागमती,हरिपुर,कविलासी र चन्द्रनगरका गरि ६२ वटा वडा कार्यक्षेत्र रहेको विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीले पुर्ण विद्युतीकरण घोषणाको तयारी समेत गरेको जनाएको छ । 
८९ जना कर्माचारीहरुको दरबन्दी रहेको विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीमा हाल ४४ जना स्थायी कर्माचारीहरु मात्र रहेका भएपनि सबै कर्माचारीहरुले काममा लगनसिल्ता देखाएका कारण कार्यालयले राखेको संकलन लक्ष्य पुरा भएको कार्यालय प्रमुख साहले बताए ।विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीमा हाल ५१ हजार छ सय ६९ जना विद्युत ग्राहकहरु रहेका कार्यालयले जारी गरेको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
विद्युत चुहावट गर्ने एक सय ५० जना ग्राहकलाई कार्बाही गरिएको र सो वापत रु आड लाख १० हजार ट सय ७८ रुपैँया ५२ पैसा रकम संकलन भएको कार्यालयले जनाएको छ । विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीको सेवा क्षेत्रभित्रका अति विपन्न वर्गका ग्राहकहरुलाई पाँच हजार थान मिटर निःशुल्क वितरण गर्ने तयारी समेत भई रहेको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७९÷०८० सम्मको रु १७ करोड ९२ लाख २८ हजार तीन सय ९१ रुपैँया ०१ पैसा रकम अझै बक्यौता रहेको विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीको लेखा शाखाले जनाएको छ ।
कोरोना महामारीमा पर्याप्त मात्रामा अनुगमन गर्न नसक्नु,सरकारी कार्यालयसँगको बक्यौतामा केन्द्रीय निकायले समन्वय नगर्नु,अर्थमन्त्रालयले बक्यौता मिनाहा नगर्नु र दरबन्दी अनुसारको कर्माचारीहरु नहुनु जस्ता कारणले असुलीमा समस्या भइरहेको कार्यालयले जनाएको छ ।केन्द्रको उद्योग तर्फ छ सय ४३,व्यापारीक तर्फ दुई सय २२,ग्राहस्थ तर्फ ४७ हजार १६ र अन्य तीन हजार सात सय ८८ जना गरी कुल ५१ हजार छ सय ६९ जना ग्राहकहरु रहेका छन् ।
गतवर्षको भन्दा यस वर्ष सम्ममा बाँकी बक्यौता करिब दुई करोड बढी बाँकी देखिएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा रु १६ करोड ५५ लाख ५२ हजार आठ सय ११ रुपैँया १२ पैसा, आर्थिक वर्ष २०७८÷०७९ मा रु १५ करोड ६१ लाख ८७ हजार एक सय ४७ रुपैँया ७७ पैसा बक्यौता थियो भने आर्थिक वर्ष २०७९÷०८० को रु १७ करोड ९२ लाख २८ हजार तीन सय ९१ रुपैँया ०१ पैसा रकम बक्यौता देखिएको छ ।

सम्बन्धित समाचार