नेकपा(एमाले)लालबन्दी नगर कमिटीको अध्यक्षताका लागि चार जनाको उम्मेदवारी परेको छ ।शनिबार आयोजना गरिएको एमाले लालबन्दी नगर कमिटिको दोस्रो नगर अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको नेकपा(एमाले)का नेता गोविन्द अधिकारीले बताए ।उनका अनुसार सहमतीमा नेतृत्व चयन हुन नसकेपछि अध्यक्ष पदका लागि उज्वल कुमार कार्की,लिला बाँनिया,माधव प्रसाद खरेल र प्रेमप्रसाद आचार्य(उमेश)को उम्मेदवारी परेको हो ।

त्यसैगरी,उपाअध्यक्ष पदका लागि दिनेश मैनाली,देवी अधिकारी र हेम बहादुर गौतमको उम्मेदवारी पर्दा सचिव पदका लागि वर्षा लामा र उज्वल कार्कीको उम्मेदवारी परेको एमाले लालबन्दी नगर कमिटि अध्यक्ष सरोज बाबु न्यौपानले जानकारी दिए ।अन्य पदाधिकारीमा समेत एक जना भन्दा बढीको उम्मेदवारी परेपनि नामावली सार्वजनिक हुन बाँकी रहेको छ ।यो समाचार तयार पार्दा सम्म मतदान कहिले गर्ने भन्ने विषयमा छलफल भई रहेको बुझिएको छ ।
लालबन्दी नगरपालिका ६ स्थित मदन आश्रीत भवनमा पार्टीका जिल्ला इन्चार्ज एवम पूर्व मन्त्री हरि प्रसाद उपे्रतीले उद्घाटन गरेका थिए।नगर अधिवेशनका लागि हालको नगर कमिटीमा रहेका पदाधिकारी (आयोजक कमिटी) ५१ जनासहित १७ वटै वडाबाट छानिएर आएका कूल तीन सय नौ जना प्रतिनिधिले मतदान गर्न पाउने एमाले नेता मोहन भण्डारीले बताए ।