पिप्ले युवा क्लबसंग हिमालयन शेर्पा ३-० ले पराजित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-६ गते   २३६५ पटक हेरिएको


सर्लाहीको बागमतीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताकाे पहिलाे क्वाटर फाईनल खेलमा नेपाल आईस हिमालयन शेर्पा क्लब  र पिप्ले युवा क्लब विच भएको खेलमा पिप्ले युवा क्लबले ३ गाेल गर्दै  सेमिफाइनलकाे यात्रा तय गरेकाे छ । आईतबार दिउँसो साँढे ३ बजेबाट बागमती नगरपालिका १२ काे स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा भएको प्रतियोगितामा नेपाल आईस हिमालयन शेर्पा क्लबलाई पिप्ले युवा क्लबले ३-० गाेल अन्तरले  पराजित गर्दै सेमिफाइनलकाे यात्रा तय गरेकाे  आयाेजक बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिनुभयाे । 
प्रतियोगितामा आयोजक बागमती युवा क्लब र एउटा विदेशी क्लब समेत गरि १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा आयाेजक बागमती युवा क्लब,नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, न्यूरोड टिम एनआरटी, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम–११ धनगढी, केबीए ग्लोबल बीएफसी चितवन, ध्रुबतारा स्पोर्टिङ क्लब दमक र विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुनले भाग लिएका आयोजक बागमती युवा क्लबका सचिब कुमार प्रधानले जानकारी दिनुभयाे ।
जसमध्ये ध्रुबतारा स्पोर्टिङ क्लब झापा दमक हिमालयन शेर्पा क्लब काठमाडौंसँग, नव जन जागृति युवा क्लब सिमरा नेपाल पुलिस क्लबसँग र केबीए ग्लोबल बीएफसी चितवन एनआरटीसँग पराजय व्यहोरेकाे छ भने नेपाल आईस हिमालयन शेर्पा पिप्ले युवा क्लबसंग पराजय ब्यहाेरी प्रतियोगिताबाट बाहिरिसकेका छन् । प्रतियोगिताको बिजेताले रु १० लाख १ हजार र उपबिजेताले रु ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने आयाेजक क्लबका महासचिव सागर मैनालीले जानकारी दिनुभयाे । उहाँका अनुसार  सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई पनि नगद रु २५/२५ हजार, हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद रु १० हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिका भित्रका एक खेलाडीलाई बागमती राईजिङ् अफ दि ईयर प्लेयर्स घोषणा गर्दै एक थान नयाँ मोटरसाईकल प्रदान गरिने आयोजकले जनाएको छ । आईतबारबाट सेमिफाइनल खेल शुरु भएको  मधेश प्रदेश कै सर्वाधिक धनराशिकाे प्रतियोगितामा चैत २ गतेबाट शुरु भएको हाे भने चैत १३ गते सम्पन्न हुने छ  । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech