मधेशका पाँच दलले नयाँ संयुक्त मधेश प्रदेश सरकार बनाउने

170 Shares

मधेश प्रदेशका विभिन्न पाँच दलले नयाँ संयुक्त मधेश प्रदेश सरकार बनाउने प्रतिवद्दता जाहेर गरेका छन् ।आज(बिहीबार)नेकपा(एमाले),जनमत पार्टी,नेकपा(माओवादी केन्द्र),लाेकतान्त्रीक समाजवादी पार्टी(लाेसपा) र नेकपा(एकीकृत समाजवादी)पार्टीका विशेष नेताहरुकाे उपस्थितिमा भएको छलफलमा जनमत पार्टीको नेतृत्वमा मधेश प्रदेशमा पाँच दलकाे नयाँ संयुक्त सरकार गठनका लागि मुख्य मन्त्री सराेज कुमार यादवलाई शुक्रबार(भाेलि) ध्यानाकर्षण पत्र बुझाउने निष्कर्ष भएको नेकपा(माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता एवम निवर्तमान गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले जानकारी दिए ।

Picsart_24-05-30_23-15-32-004.jpgउनका अनुसार"मधेश प्रदेशमा निर्माण भएको नयाँ राजनैतिक परिस्थितिमा प्रदेशमा रहेको भ्रष्ट्राचार लगायत सबै प्रकारको बेथिति अन्त्य गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको लागि आज(बिहीबार) नेकपा (एमाले),जनमत पार्टी,नेकपा (माओबादी केन्द्र),लोकतान्त्रिक समादबादी पार्टी(लाेसपा) नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) पार्टीका विशेष नेताहरुकाे सहभागितामा नयाँ संयुक्त मधेश प्रदेश सरकार जनमत पार्टीको नेतृत्वमा बनाउने निर्णय भएको हाे।" सरकारमा सहभागी भएका दलहरुका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँड गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रकृयामा सकारात्मक अन्य दलहरुसंग पनि संबाद अघि बढाउने समेत निर्णय भएको जनमत पार्टीका नेता महेश प्रसाद यादवले बताए ।

हालका मुख्य मन्त्री यादवलाई विश्वासकाे मत दिने समयमा भएको सहमति कार्यन्वयन नभएको भन्दै माओवादी केन्द्र सहित नेकपा (एमाले),जनमत पार्टी र लोकतान्त्रिक समादबादी पार्टी(लाेसपा)नेपालले मधेश प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता गर्दै संयुक्त रुपमा मन्त्री पदबाट राजिनामा दिएका थिए ।

मधेश प्रदेशकाे एक सय सात सिट मध्ये एमालेसंग २५ सिट,जनमतसंग १३,माओवादी केन्द्रसंग नाै सिट,लाेसपासंग नाै सिट र एकीकृत समाजवादीसंग सात सिट गरी कुल ६३ सिट रहेकाे छ भने बाँकी ४४ सिट अन्य पार्टीका रहेका छन् ।तथापि पनि मधेश प्रदेशका हालका मुख्य मन्त्री यादवले जेठ २३ गते आफुले विश्वासको मत लिने दावी गरि रहेका छन् ।

सम्बन्धित समाचार