Close This

लालबन्दीमा पनि लक डाउन पुर्ण कडा हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-२३ गते   ४७७ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाले सुक्रवार साँझ आकस्मिक सूचना निकालेर शनिवारबाट औषधि पसलबाहेक अन्य पसल व्यवसाय, बजार, नगरपालिका कार्यालय, वडा कार्यालय, बैंक तथा वित्तिय संस्था सबै बन्द गर्ने जनाएको छ । 
नगर प्रमुख मानबहादुर खड्काले समुदाय स्तरमै संक्रमण फैलिएको पाइएपछि शनिबारबाट लकडाउनमा अझ कडाई गरिने बताउनु भयो ।लकडाउनलाई कार्यान्वयन गराउन तथा अत्यावश्यक काम पर्दा मास्क लगाएर मात्रै हिँड्न ईलाका प्रहरी कार्यालय लालबन्दीले केही दिनदेखि कडाई गरिरहेको थियो । 

 शुक्रबार मात्रै बजार क्षेत्रमा मास्क नलगाई हिँड्ने ३४ जनालाई कार्बाही गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक नारायण थापाले जानकारी दिनु भयो । ३४ जनालाई कार्बाही गर्दा  तीन हजार एक सय राजश्व संकलन समेत भएको प्रहरीले जनाएको छ । लालबन्दीमा अहिले सम्म लक डाउनको प्रभाव नपरेको भएपनि अव कोरोना भाईरस समुदायस्तरमा नै फैलन थालेपछि नगरपालिका सहितले लक डाउनलाई  थप कडाईका साथ लागु गर्ने तयारी समेत गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech