Close This

सेभ द चिल्ड्रेनद्वारा चार वटा स्थानिय निकायलाई १० लाख भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-१२ गते   २४८ पटक हेरिएको

सर्लाहीको चार वटा स्थानिय निकायलाई गैर सरकारी संस्था सेभ द चिल्ड्रेनले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । गैर सरकारी संस्था सेभ द चिल्ड्रेनले १० लाख भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको हो । पटक पटक गरी  संस्थाले जिल्लाको स्थानीय साझेदार संस्था राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र मलंगवा र ग्रामीण नारी उत्थान संघ हरिपुरको समन्वयमा चार वटा स्थानिय निकायलाई १० लाख भन्दा बढीको स्वास्थ्य सहयोग गरेको हो । 
जिल्लाको ईश्वरपुर, हरिपुर, गोडैता र बलरा नगरपालीकालाई पिपिई सेट, इन्फ्रारेड थर्मोमिटर, सर्जिकल ग्लोब्स, एन ९५ मास्क,, ह्याण्ड सेनिटाईजर, गम बुट, मच्छड झुल, साबुन लगायतका सामग्री हस्तान्तरण गरेको सेभ द चिल्ड्रेन सर्लाहीका बरिष्ठ परियोजना संयोजक उमेश कुमार गुप्ताले जानकारी दिनुभयो । त्यस्तै जिल्ला अस्पताल मलंगवालाई समेत स्वास्थ्य सामग्री प्रदान गरिएको उहाँले बताउनु भएको छ ।
स्वास्थ्य सामग्रीहरु सम्बन्धित स्थानिय निकायमा अवस्थित क्वारेन्टाईन, हेल्थ पोष्ट तथा बर्थिंग सेन्टरहरुमा अहोरात्र काम गर्ने कर्मचारीहरुले आफ्नो सुरक्षाको लागी प्रयोग गर्ने सेभ द चिल्ड्रेन सर्लाहीका स्वास्थ्य तथा पोषण कार्यक्रम परियोजना संयोजक परमानन्द मण्डलले जानकारी दिनुभयो । साथै केहि सामग्रीहरु सेवा लिन आउने सेवाग्राहिहरुलाई समेत उपलब्ध गराईने उहाँले बताउनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech