Close This

सर्लाहीको बरहथवाबाट ठुलाे रकम सहित सुन र दुईजना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-३१ गते   ५३२ पटक हेरिएको

र्लाहीको  बरहथवाबाट ठुलाे रकम सहित दुई जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टाेलीले रु  ३६ लाख  नगद र २ सय ३३ ग्राम २ सय ८० मिलिग्राम सुनको गरगहनासहित दुई जना पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका ७ स्थायी घर भई काठमाडौंको कपन बस्दै आएका ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको चाँगुनारायण २ दुवाकोटका ३१ वर्षीय विशाल खत्री रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक एवम प्रहरी प्रवक्ता विजय यादवले जानकारी दिनुभयाे ।
प्रहरीका अनुसार उनिहरुकाे साथबाट प्रदेश ०२-०३३ प ७७५० नम्बरको मोटरसाइकल सहित उनिहरुलाई रोकेर प्रहरीले खानतलासी गरेको थियो। प्रहरीले खनतलासी गर्दा उनिहरुकाे साथबाट साे सामान र नगद नियन्त्रणमा लिएको हाे । घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech