चाडपर्वको समयमा कालोबजारी तथा कृतिम अभाव

270 Shares

बहुसंख्यक नेपाली समुदायले मनाउने महान चाड पर्वहरू नजिकिदै गर्दा बजारमा कालोबजारी तथा कृतिम अभाव सृजना हुन थालेको पाइएको छ।चाडपर्वको समयमा प्रयोग हुने सामानहरुको बजारमा अहिले देखि नै मूल्य वृद्धि हुनुका साथै कालोबजारी सुरु हुन थालेको भएपनि सरोकारवाला निकाय मौन देखिएको स्थानीय उपभोक्ताहरुको गुनासो छ ।चाडपर्व (दशैं,तिहार र छठ) को समयमा उपभोक्ताहरूले सबैभन्दा मार खेप्नुपर्ने समस्या बनेको कालोबजारी र मूल्यवृद्धिका कारण अत्यावश्यक खाद्य पदार्थ लगायतका अन्य वस्तुहरु उपभोक्ताहरूले चाहेर सजिलै खरिद गर्न सक्दैनन् ।
यो वर्षको असोज १३ गते फूलपाती र १६ गते विजयादशमीको टीका परेको छ।चाडपर्वहरु नजिकिँदै गर्दा बजारमा कालोबजारी र कृतिम अभाव पनि शुरु भइसकेको छ।जसकारण उपभोक्ताहरू चिन्तित छन् तर यसलाई नियन्त्रण गर्न सरकारले ध्यान नदिएको उपभोक्ताहरुको गुनासो छ ।उनीहरुका अनुसार राष्ट्रिय उपभोक्ता मञ्च लगायतका नागरिक संघ÷संस्थाहरूले यस तर्फ कुनै पनि पहल नगरेको आरोप छ।वर्षेनि चाडपर्वको समयमा हरके सामानको मुल्य २० देखि ३० प्रतिशतसम्म वृद्धि हुने गरेको पाइन्छ।
उद्योग तथा वाणिज्य मन्त्रालयको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार बजार अनुगमन गर्दा कुनै वस्तुको उत्पादन बटाउने,कुनै वस्तु वा सेवा सञ्चित गरी वा अन्य कुनै तरिकाले कृत्रिम अभाव खडा गर्ने,निर्धारण समय वा स्थानमा मात्र वस्तु वा सेवा विक्री गर्ने र मूल्यवृद्धि लगायत गैर कानुनी काम भएको पाइए कडा कानूनी कार्बाही हुने छ।
चाडपर्वमा सधैं बजारमा कालोबजारी र कृतिम अभाव हुने गरेको भएपनि सरकारी पक्ष मात्रै सक्रिय भएर उक्त गतिविधिहरु नियन्त्रणमा सम्भव नभएको विभागले जनाएको छ ।तर व्यापारी र  बिचौलियहरूलाई सरकारी पक्षबाट नै संरक्षण गर्ने गरेको उपभोक्ताहरूको आरोप छ।उपभोक्ता ठगिएको खण्डमा अदालतसम्म जाहेरी दिन पुग्ने लगायत सबै समन्वय विभागले गर्ने भएपनि ठगिएको भनिएका उपभोक्ताहरु विभागमा पुगेको तथ्यांक छैन्।जसले उपभोक्तालाई ठग्छ,कालोबजारी गर्छ,उसलाई कानुन अनुसार सजाय दिने व्यवस्था भएपनि यो प्रयास कुनै पक्षबाट अहिले सम्म भएको पाइदैन् ।
सर्लाही र सिन्धुलीका केही कार्यालयहरूले चाडपर्व लक्षित बजार अनुगमन गर्ने गरको भएपनि प्रभावकारी रुपमा अनुगमन नहुँदा गैर कानूनी काम गर्ने व्यापारीहरुको मनोवल बढी रहेको छ ।समय समयमा हुने मौसमी अनुगमनले बजारमा भई रहेको कालोबजारी तथा कृतिम अभाव नियन्त्रण नहुने नागरिक समाजको भनाई छ ।भने बजारहरुको अनुगमनलाई कडाईका साथ तीव्रता दिनु आवश्यक रहेको उपभोक्ताहरूको माग छ ।

सम्बन्धित समाचार