Close This

सर्लाहीका तीन स्थानिय निकायका ४० हजार बालबालीकाको निशुल्क आँखाको उपचार गरिने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-३१ गते   ८२० पटक हेरिएको

सर्लाहीका विभिन्न तीन स्थानिय निकायमा निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।जिल्लाको लालबन्दी, ईश्वरपुर र हरिपुर नगरपालिकामा असार १ गते बुधवारदेखि निशुल्क आँखा शिविर सञ्चालन हुने भएको हो ।
 किवानिज क्लब अफ निलगिरीको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी र जानकी आँखा अस्पताल जनकपुरको प्राविधिक सहयोगमा चस्मा सहित आँखाको सम्पुर्ण उपचार निशुल्क गरिने भएको आयोजकले जनाएको छ ।
जिल्लाका तीन वटा स्थानिय निकायका सबै सामुदायिक तथा निजि बिद्यालयहरुमा अध्यायनरत ५ बर्ष देखि १८ बर्ष उमेरसम्मका बालबालिकाहरुको निशुल्क आँखाको उपचार गरिने किवानिज क्लब अफ निलगिरीका संस्थापक अध्यक्ष भरत ढुंगेलले जानकारी दिनुभयो ।
जिल्लाका ३ स्थानिय निकायमा करिब ४० हजार बालबालिकाको निःशुल्क आँखा उपचार गर्न लागीएको र उपचार नभएसम्म शिविर निरन्तर चलिरहने आयोजकले जनाएको छ । आयोजक क्लबका अनुसार प्रत्येक वडाका वडाध्यक्षसँगको समन्वयमा प्रत्येक विद्यालयमा शिविर संचालन हुने आयोजकले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech