आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सदस्यमा सर्लाहीकी बम्जन र घिसिङ मनोनयन

396 Shares

नेपाली कांग्रेसकी नेतृ सोनी कुमारी बम्जन आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सदस्यमा मनोनित भएकी छन्।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाण्डौँले मम्जनलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन,२०५८ को दफा ७ को उपदफा १ (ड)को प्रावधान अनुसार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषदको सदस्यमा मनोनयन गरेको हो ।

sari.jpg
नेपाल सरकार मन्त्रीस्तरीय निर्णय अनुसार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को दफा ७ को उपदफा १ (ड)को प्रावधान अनुसार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषदको सदस्यमा बम्जनलाई मनोनयन गरिएको मन्त्रालयका उप सचिव विष्णु कुमारी भुसालले जानकारी दिईन् ।त्यसैगरी बागमती नगरपालिका निवासी सरिता घिसिङलाई पनि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सदस्यमा मनोनयन गरेको छ ।

सम्बन्धित समाचार