Close This

अनियमित विद्युत् कटौतीको मारमा जिल्लाबासी, खाना बनाउन मिनिरल वाटरको प्रयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-१७ गते   २७५ पटक हेरिएको

 सर्लाहीमा पछिल्लो समयमा भएको अनियमित विद्युत कटौतीले अनलाई कक्षा पढ्ने विद्यार्थीहरु बढी मारमा परको छन् । विभिन्न बाहनामा विद्युत कटौती हुँदा अनलाई कक्षा पढ्ने विद्यार्थीहरु प्रत्यक्ष मारमा परेका छन्भने जिल्लाका सञ्चार गृहहरु पनि समस्यामा परेका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको दोस्रो लहर चलेसँगै विद्यालयमा भौतिक उपस्थिती  नगराई विद्युतीय माध्यामबाट कक्षा सञ्चालन गरेका विद्यालयका विद्यार्थीहरु छिनछिनमा लाईन कट्दा समस्यामा परेका लर्डव्राइट व्रिजडम माविका प्रधानाध्यापक वसन्त खड्काले गुनासो गर्नुभयो ।  उहाँका अनुसार भौतिक उपस्थिती नगराई अनलाइन विधिबाट कक्षा सञ्चालन गर्न नेपाल सरकारले जारी गरेको निर्देशनलाई पालना त गरौँ तर विद्युत अवरुद्ध हुँदा विद्यार्थीहरु मारमा परको छन् । विद्युत अनियमित तरीकाबाट अवरुद्ध हुँदा विद्यार्थीहरु एक साताभन्दा बढीको पढाइबाट वञ्चित भएका एभरेष्ट मावि लालबन्दीका सञ्चालक गोपाल पजियारले बताउनु भयो ।
त्यसैगरी महावीर जनता मावि हरिपुरका विद्यार्थीहरु पनि अनियमित विद्युत कटौतीको मारमा परेका छन् । महावीर जनता माविमा कक्षा ९ मा अध्ययनरत आकाश ठाकुरले बत्ती नआएपछि विगत ४÷५ दिनदेखि अनलाइन कक्षामा सहभाग िहुन नपाएको गुनासो गरेका छन् ।
 ‘कोरोनाका कारण विद्यालय बन्द भएपछि अनलाइन कक्षा सुरु भयो तर विद्युत् कटौतीका कारण प्रत्येक दिनको कक्षामा सहभागी हुन पाइरहेको छैन,’ उनले भने, ‘निषेधाज्ञाका कारण छुटेको पढाइ अन्य साथी अथवा शिक्षकसँग सोध्न सकिरहेको छैन, जसले पढाइमा असर परिरहेको छ ।’ उनले भने ।
पछिल्लो समय जिल्लामा आकाशमा बादल मडारिए वा समान्य हावा चल्दा पनि विद्युत् अवरुद्ध हुन थालेको छ । तत्कालीन प्राधिकरणका सीईओ कुलमान घिसिङको पालामा विद्युत् आपूर्तिमा खासै समस्या नबेहोरेका स्थानीयले अहिले फेरि पुरानै समस्या खेप्न बाध्य भएका छन् । विगत तीन÷चार दिनदेखि चक्रबातका कारण पानी पर्न थालेपछि विद्युतको उपभोग नै गर्न नपाएको उपभोक्ताहरुको गुनासो छ ।
यता, अनियमित विद्युत् कटौती हुँदा आफुहरुको धारोमा पानी समेत नआएको र खाना बनाउन पनि मिनिरल वाटरको प्रयोग गर्नुपरेको इश्वरपुर नगरपालिका १३ का विनय साहले गुनासो गर्नुभयो । विद्युत अनियमित रुपमा कटौती भई रहेको छ । चर्पीमा समेत पानी छैन चर्पी जाँदा समेत मिनिरल वाटरको प्रयोग गर्नु परि रहेको छ, आफ्ना कुरा विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाले सुन्दैन उनले भने । ‘कुलमानको पालामा केही समस्या खेपेनौ, कर्मचारीहरू पनि बिग्रेका ठाउँमा तुरुन्त पुगेर बनाइहाल्थे । तर अहिले कर्मचारीहरू पनि सुस्त देखिएका छन्,’ अर्का स्थानिय मुकेश साहले बताए ।
जिल्लाभरि नै अहिले सर्वसाधारणले विद्युत् कटौतीको सास्ती बेहोरिरहेका छन् । पटक–पटक विद्युत् आउने जाने हुँदा विद्युतीय उपकरणमा समेत समस्या देखिन थालेको उपभोक्ताको गुनासो छ । जिल्लाको उत्तरी क्षेत्रस्थित विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दी र हरिपुर सबस्टेसनबाट विद्युत् वितरण भई रहेको छभने हुने दक्षिणी क्षेत्रमा मलंगवा वितरण केन्द्रबाट विद्युत वितरण भई रहेको छ । कुनै कुनै समयमा बत्ती भए पनि न्युन भोल्टेज आउने समस्याका जिल्लाबासी मारमा परेका छन् ।
रौतहटको चन्द्रनिगाहापुरबाट आएको ३३ केभीए प्रसारण लाइन करिब १२ किलोमिटर जंगल क्षेत्रमा पर्ने गरेको र हावा हुरीका कारण  रूखका हाँगाबिँगाले विद्युत्का तारलाई छोइदिँदा समस्या आउने गरेको विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख इन्जीनियर सुधिर कुमार रायले बताउनुभयो । जंगल क्षेत्रको मर्मत गर्न पनि समस्या हुँदै आएको उहाँको भनाइ छ । सबस्टेसनमा आइपुगेको विद्युत् वर्षा र हावाहुरीका बेला विभिन्न फल्ट भएर उपभोक्ता घरमा पु¥याउन कठिनाइ भइरहेको रायले बताउनु भयो ।
उहाँका अनुसार नवलपुरको सबस्टेसन सञ्चालनमा आएपछि जिल्लाभरि विद्युत्को समस्या दीर्घकालीन रूपमा समाधान हुने छ । ‘अहिले विद्युत् आपूर्तिमा समस्यै छ, कहिले ३३ केभीएको रुटमा पर्ने जंगलमा तार चुडिने, त कहिले सबस्टेसनबाट उपभोक्ताको घरसम्म पु¥याउन विभिन्न किसिमको फल्टको सामना गर्नु परिरहेको छ,’ उहाँले बताउनु भयो । ‘नवलपुरको सबस्टेसन निर्माणको चरणमा छ, सञ्चालनमा आएपछि सर्लाहीवासीको यो समस्या समाधान हुनेछ ।’ अहिले सामान्य पानी पर्दा,हावाहुरी चल्दा समेत विद्युत कटौती भई रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech