भिटामिन “ए” र जुकाको औषधी आजपनि खुवाइदै

272 Shares

सर्लाहीका ९० हजार बालबालिकालाई भिटामिन “ए” र ७५ हजार बालबालिकालाई जुकाको औषधी खुवाइदै छ ।नेपाल सरकारको “राष्ट्रिय भिटामिन“ए” कार्यक्रम अन्तर्गत शुक्रबार र शनिबार  गरी दुई दिन छ महिनादेखि पाँच वर्ष उमेरसमूहका ९० हजार बालबालिकालाई भिटामिन “ए” खुवाईने र ७५ हजार बालबालिकालाई जुकाको औषधी शुक्रबार र शनिबार(आज)खुवाईदै गरेकोे स्वास्थ्य कार्यालय मलंगवा सर्लाहीका प्रमुख डा.नवल किशोर झाले जानकारी दिए ।
उनका अनुसार भिटामिन “ए”सँगै सर्लाहीका २० पालिकालाई ९० हजार भिटामिन “ए” क्याप्सुल र एक लाख १५ हजार ट्याब्लेट औषधी वितरण गरिएको छ ।महिला स्वास्थ्य स्वयं सेविकाले आ–आफ्नो क्षेत्रभित्रका बालबालिकालाई “राष्ट्रिय भिटामिन “ए” कार्यक्रम अन्तर्गत शुक्रबार र शनिबार भिटामिन “ए” र जुकाको औषधी खुवाइदै छन् ।
“राष्ट्रिय भिटामिन “ए” कार्यक्रम सफल बनाउन जिल्लाभरका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको कार्यालयले जनाएको छ।छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले वि.सं २०५० बाट भिटामिन “ए” कार्यक्रम सञ्चालन गर्दै आएको छ।
जुकाको औषधि वि.सं २०५६ बाट खुवाउन थालिएको थियो।नेपाल सरकारले सर्लाहीका लागि ९० हजार क्याप्सुल भिटामिन “ए” पठाएको कार्यालयले जनाएको छ ।सर्लाहीमा ११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरि २० वटा स्थानीय तहहरु रहेका छन् ।

सम्बन्धित समाचार