सर्लाहीको लालबन्दी नगरपालिका ९ बस्तीपुरमा रहेको मेडिकेयर ट्रमा मल्टिस्पेशालिष्ट हस्पिटलले नगरपालिकाले दिएको निर्देशन अटेर गरेको छ । लालबन्दी नगरपालिकाले माघ ७ गते सोमबार लालबन्दी नगरपालिका ९ बस्तीपुरमा रहेको मेडिकेयर ट्रमा मल्टिस्पेशालिष्ट हस्पिटलका सञ्चालक डा.मनिष साहलाई बोलाएर तत्काल हस्पिटल बन्द गर्न लिखित निर्देशन दिएको भएपनि डा.साहले नगरपालिकाको लिखित निर्देशन अटेर गरेका छन् ।
पुर्व पश्चीम राजमार्ग स्थित लालबन्दी नगरपालिका ७ मा पुसको अन्तीम साता मोटरसाईकलको ठक्करबाट घाईते भएका स्थानीय युवाको खुट्टाको सल्यक्रिया गर्दा उनको मृत्यु भएपछि लालबन्दी नगरपालिकाले माघ ७ गते सोमबार उक्त हस्पिटललाई बन्द गर्न लिखित निर्देशन दिएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक मुमताज मिकरानीले जानकारी दिए ।
उनका अनुसार लालबन्दी नगरपालिकाबाट पाँच शैयाको अस्पतालको अनुमती पाएको लालबन्दी नगरपालिका ९ बस्तीपुर स्थित रहेको मेडिकेयरले आईसियू,एनआईसियू तथा भेन्टीलेटर समेत नभएको हस्पिटलमा सल्यक्रिया गरिएको,सल्यक्रिया गर्ने स्वास्थ्य सामाग्रीहरुको सरसफाई नभएको,सल्यक्रिया कक्षको सरसफाई नभएको र (एनेथेसिस्ट) दक्ष चिकित्सक नभएका कारण खुट्टाको सल्यक्रिया गरिएका बिरामीको मृत्यु भएको साथै स्वास्थ्य संस्था स्थापना,सञ्चालन तथा स्तरोउन्नती मापदण्ड सम्बन्धी निर्देशिका २०७० तथा स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्ने कार्यविधि २०७९ का साथै जनस्वास्थ्य सेवा नियमावली २०७७ को पालना नगरी अनुमती पाएको भन्दा बेगर काम गरेको र हस्पिटलका सञ्चालकको लार्पबाहीका कारण खुट्टाको सल्यक्रिया गरिएका बिरामीको मृत्यु भएको भन्दै चौतर्फि गुनासो आएपछि उक्त हस्पिटलका सञ्चालक डा.साहलाई माघ ७ गते सोमबार नगरपालिकामा बोलाएर छलफल गरी हस्पिटल बन्द गर्न लिखित निर्देशन दिईएको हो ।
सल्यक्रिया गरेर बच्चा जन्माउन समेत अनुमती नभएको र बिओएनसी गर्न समेत नपाउने उत्त हस्पिटलले मासिक रुपमा ५÷७ वटा सम्म सल्यक्रिया गर्ने गरेको रहस्य बाहिरिएको थियो।त्यसपछि नगरपालिकाको अनुगमन समिति तथा नगर स्वास्थ्य शाखा मौन बसेको भन्दै कमलामाई मिडिया प्रा.लिले पटक पटक समाचार प्रकाशन गरेपछि झस्किएको नगर स्वास्थ्य शाखाले उक्त हस्पिटललाई बन्द गर्न लिखित निर्देशन दिएको करिब १५ दिन हुँदा समेत उक्त हस्पिटलले नगरपालिकाको लिखित निर्देशनलाई वेवास्था गर्दै सञ्चालन भई रहेको छ ।
उक्त हस्पिटलमा खुट्टाको सल्यक्रिया गरी मृत्यु भएका बिरामीको प्रादेशीक अस्पताल मलंगवामा डा.फिरोज अलीले पोष्ट माटम गरेका र हाड जोर्नीहरुको सल्यक्रिया गर्दा तत्कालै आईसियू, एनआईसियू वा भेन्टीलेटरमा नराखे शरीरको चोट पुगेको भागको तरल पदार्थका साथै बोसो फोक्सोमा गएर सास फेर्न अप्ठ्यारो भई बिरामीको मृत्यु हुने चिकित्सकहरुले बताएका भएपनि बिरामीको मृत्यु भएको करिब २० दिन पुरा भएपनि पोष्ट माटम रिपोर्ट समेत सरोकारवाला निकायले सार्वजनिक नगर्नुले उक्त हस्पिटलका सञ्चालक डा.साहले आर्थिक चलखेल गरि मिलाउने प्रयास गरेका स्थानीयले शंका गरेका छन् ।तर उक्त हस्पिटलका सञ्चालक डा.साहले पत्रकारहरुले आफुखुसी लेखेका भन्दै आपत्ती समेत बनाएका छन् ।
घटनाको विवरण के थियो ?
पुर्व पश्चीम राजमार्ग स्थित लालबन्दी ७ मा पुसको अन्तीम साता मोटरसाईकलको ठक्करबाट दाहिने खुट्टाको घुडा मुनि भाँचिएका मलंगवा १० स्थायी घरभई लालबन्दी ७ मा सुनचाँदीको व्यावसाय गरी बस्ने अन्दाजी वर्ष ३७ का आशिष साह घाईते भएका थिए।घाईते भएका साहलाई तत्काल लालबन्दी ६ स्थित रहेको लालबन्दी मोडेल अस्पताल प्रा.लिमा सामान्य उपचार पछि काठमाण्डौँ रेफर गरिएको भएपनि लालबन्दी ९ स्थित रहेको मेडिकेयर ट्रमा मल्टिस्पेशालिष्ट हस्पिटलमा भर्ना गरी खुट्टाको सल्यक्रिया गरिएको थियो ।
स्वास्थ्य कर्मचारीहरु भाडामा ल्याएर देखाएर पाँच शैयाको अस्पतालको अनुमति पाएको मेडिकेयर ट्रमा मल्टिस्पेशालिष्ट हस्पिटलले खुट्टाको सल्यक्रिया गरि स्टिल हालेको भएपनि हस्पिटलमा आईसियू, भेन्टिलेटर नरहेको,सल्यक्रिया कक्षको सरसफाई नभएका कारण संक्रमण भएको,एनेथेसिया नरहेका, सल्यक्रियाका सामानहरुको सरसफाई नभएको,सल्यक्रिया कक्षमा एनेथेसिया मेसिन नरहेको साथै सल्यक्रिया कक्षमा मोनिटर समेत नरहेका कारण खुट्टाको सल्यक्रिया गर्दा घाईते साहको मंगलबार राति अस्पताल मै मृत्युु भएको छ।घाइेतेलाई एक्कासी धेरै ज्वरो आएपछि मेडिकेयर ट्रमा मल्टिस्पेशालिष्ट हस्पिटलका सञ्चालक डा.साहले आफू बच्न घाईतेलाई तत्काल रेफर गरेका भएपनि मलंगवाको म्याक्स अस्पताल प्रा.लिमा पुर्याउँदा त्यहाँ चिकित्सकले मृत घोषणा गरेका हुन।हाड जोर्नी विशेषज्ञ डा.साहले लालबन्दी मोडेल अस्पताल प्रा.लि.ले काठमाण्डौँ रेफर गरेका घाईते साहलाई भर्ना गराएर पुस अन्तीम साता सल्यक्रिया गरेका थिए। सल्यक्रिया पश्चात् उच्च ज्वरो आएर घाईते छटपटाउन थालेपछि आफू बच्न घाईते साहलाई अन्यत्र रेफर गरेका डा.साह सोही दिन जनकपुरको स्वस्तीका अस्पताल गएका थिए।सामान्य समस्या रहेकाले सल्यक्रिया गरिएको र सल्यक्रियाको कारण नभई अन्य कारणले घाईते साहको मृत्यु भएको डा.साहले दाबी गरे।आईसियू,भेन्टिलेटर नरहेको, सल्यक्रिया कक्षको सरसफाई नभएका कारण संक्रमण भएको,एनेथेसिया नरहेका,सल्यक्रियाका सामानहरुको सरसफाई नभएको,सल्यक्रिया कक्षमा एनेथेसिया मेसिन नरहेको साथै सल्यक्रिया कक्षमा मोनिटर समेत नरहेको अस्पतालमा सल्यक्रिया गर्न मिल्छ ? भन्ने कमलामाई मिडिया प्रा.लिको प्रश्नमा डा.साहले सामान्य समस्या रहेका र अन्य रोगहरुका कारण उनको मृत्यु भएको भन्दै आफ्नो बचाउ गरे।
ज्वरो १०५ थियो रे?विरामी छटपटाएको थियो रे ? त्यसपछि तपाईले आफू बच्न रेफर गर्नु भयो ? भन्ने कुरा आएको छ ? नी भन्ने हाम्रो अर्काे प्रश्नमा डा.साहले आफुले सल्यक्रिया राम्रोसँग गरेको तर बिरामीको अन्य कारण मृत्यु भएको भन्दै आफुलाई सहयोग गरिदिन आग्रह समेत गरे।तर घट्ना घटे लगतै डा.साह लालबन्दीबाट जनकपुर गएका छन् ।
यता,सरोकारवाला निकाय लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख मिकरानीलाई सो विषयमा जिज्ञासा राख्दा उनले आईसियू, भेन्टिलेटर नरहेको, सल्यक्रिया कक्षको सरसफाई नभएका कारण संक्रमण भएको,एनेथेसिया नरहेका,सल्यक्रियाका सामानहरुको सरसफाई नभएको,सल्यक्रिया कक्षमा एनेथेसिया मेसिन नरहेको साथै सल्यक्रिया कक्षमा मोनिटर समेत नरहेको अस्पतालमा सल्यक्रिया गर्न नहुने बताए।उनले हाडजोनी विशेषज्ञ भएकाले डा.साहले सल्यक्रिया गर्न पाउने भएपनि सुविधा सम्पन्न नहुँदा सम्म सल्यक्रिया गर्न नमिल्ने बताए। सर्लाहीका निजी स्वास्थ्य संस्थाहरुले स्वास्थ्य क्षेत्रलाई सेवा भन्दा पनि कमाउने व्यापारको रुपमा सञ्चालन गर्ने गरेका जानकारहरु बताउँछन्। उनीहरुका अनुसार सरोकारवाला निकाय तीनै गैर कानुनी कार्यगर्ने निजी स्वास्थ्य संस्थाहरुबाट कमिसन असुलेर मौन बस्दा धेरै सर्व साधारणको स्वास्थ्य माथि ठूलो खेलवाड भई रहेको छ।
कानूनी प्रावधान के छ ?
चिकित्सकको लापरवाहीले शल्यक्रिया गरेका बिरामीको मृत्यु भएमा मुलुकी अपराध संहिता, २०७४ अनुसार चिकित्सकलाई कार्बाही हुने प्रावधान छ।चिकित्सकले आफ्नो पेशागत कर्तव्य पालन नगरेको,त्रुटिपूर्ण उपचार गरेको वा शल्यक्रियाको समयमा सावधानी नअपनाएको प्रमाणित भएमा उनी माथि कारबाही हुन्छ।लापरवाहीले बिरामीको मृत्यु भएमा चिकित्सकलाई जरिवाना,कैद,वा दुवै सजाय हुने मुलुकी अपराध संहिता,२०७४ को दफा २३२ मा व्यवस्था गरिएको छ।नेपाल मेडिकल काउन्सिलले चिकित्सकीय लापरवाहीको छानबिन गरेर चिकित्सकको इजाजत पत्र खारेज वा निलम्बन समेत गर्न सक्ने व्यवस्था रहेको छ।यदि चिकित्सकहरुको लापरबाहीबाट बिरामीको मृत्यु भयो भने,पीडितका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने आदेश अदालतले दिन सक्छ।यदि मृत्यु प्राकृतिक कारण,जटिल स्वास्थ्य समस्या वा पूर्व चेतावनी दिइएको जोखिमका कारण भयो भने चिकित्सकलाई जिम्मेवार ठहर गर्न सकिँदैन।यस्तो अवस्थामा चिकित्सकलाई कानुनी सुरक्षा प्राप्त हुन्छ।तर घाईते साहको सवालमा डा.साहले शल्यक्रिया गर्नुपुर्व सहमती पत्रमा हस्ताक्षर समेत नगराएका पाइएको छ।बिरामीका परिवारले प्रहरीमा उजुरी दिन सक्छन् वा नेपाल मेडिकल काउन्सिलमा गुनासो दर्ता गर्न सक्ने व्यवस्था छ।घटनाको अनुसन्धान गरी चिकित्सकीय लापरबाही थियो कि थिएन भनेर प्रमाण खोजिन्छ। विशेषज्ञहरूको राय लिइने प्रावधान छ।
यता,सर्लाहीका अधिकांश नीजि स्वास्थ्य संस्थाहरुले स्वास्थ्य संस्था स्थापना,सञ्चालन तथा स्तरोउन्नती मापदण्ड सम्बन्धी निर्देशिका २०७० तथा स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्ने कार्यविधि २०७९ का साथै जनस्वास्थ्य सेवा नियमावली २०७७ पुरा नगरेका पटक पटक बाहिरिने गरेको भएपनि सरोकारवाला मौन देखिएका छन् ।