सर्लाहीका २० मध्य ४ नगरपालिका र ३ गाउंपालिका गरी सात पालिकाको बजेट निकासा,

392 Shares

११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा स्थानीय तह रहेको सर्लाहीका सात वटा पालिकाले चालु आर्थिक वर्षको पहिलो निकासा गरेका छन् ।नेपालीहरुको मुख्य चाडपर्व मुखमै आइसक्दा पनि जिल्लाका कतिपय पालिकाहरुले चालु आर्थिक वर्षको बजेट समेत ल्याउन नसकिरहेको समयमा आवश्यक कागजात पेश गरेर प्रक्रिया पूरा गरेका सातवटा पालिकाको बजेट निकासा गरेका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीका कोष नियन्त्रक एवम कार्यालय प्रमुख पुष्प प्रसाद गुरागाईंले जानकारी दिए ।
उनका अनुसार बागमती,लालबन्दी,हरिपूर्वा र मलंगवा नगरपालिका तथा ब्रम्हपुरी,कौडेना र चक्रघट्टा गाउँपािलकाले बजेट निकासा गरेका हुन ।नेपालीहरुको मुख्य चाडपर्व दशैँ मुखैमा आएकाले कर्मचारीहरु तथा शिक्षकहरु लगायतलाई तलब खुवाउने बाटो खुलेको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीका कोष नियन्त्रक एवम कार्यालय प्रमुख पुष्प प्रसाद गुरागाईंले जानकारी दिए ।
दशैँ, तीहार तथा छठ जस्ता मुख्य चाडपर्व नजिकिएकाले आवश्यक कागजात पूरा गरेर कार्यालयमा आएका पालिकाहरुको तत्कालै बजेट निकासा गरेर पठाउने गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीका कोष नियन्त्रक एवम कार्यालय प्रमुख गुरागाईंले बताए ।उनका अनुसार सरकारले कोलेनिकामा निकासा गरेर पठाउने बजेट सञ्चालन गर्न पालिकाहरुले गाउँ तथा नगरसभा गरेको कागजात,गत वर्ष कोलेनिकाबाट निकासा भएको बजेटको खर्च विवरण,खर्च हुन नसकेको बजेट फिर्ता लगायतका प्रक्रिया पूरा गरी कोलेनिकामा पेश गर्नुपर्ने हुन्छ।तर जिल्लाका ११ नगरपालिका र नौ गाउँपालिकामध्ये चार वटा नगरपालिका र तीन वटा गाउँपालिकाको मात्रै बजेट निकासा भएको कोलेनिका सर्लाहीले जनाएको छ ।
दशैँ बिदाअघि असोज २३ गतेसम्म अझै १० दिन कार्यालय खुल्ने र सो समय सम्ममा बाँकी रहेका पालिकाहरुले कागजात पूरा गरेर ल्याए तत्कालै बजेट निकासा हुन सक्ने छ कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका कोष नियन्त्रक एवम प्रमुख गुरागाईँले बताए।जिल्लाका कतिपय पालिकाहरुले चालु आर्थिक वर्षको बजेट समेत ल्याउन सकेका छैनन् ।

सम्बन्धित समाचार