माओवादी केन्द्रको संगठन सुदृढिकरण एवम संगठन विस्तार अभियान सर्लाहीमा पनि तिब्रगतिमा

1k Shares

दुर्गा कुमारी अधिकारी
नेकपा(माओवादी केन्द्र) मधेश प्रदेशले संगठन सुदृढिकरण एवम संगठन विस्तार अभियान सुरु गरेको छ ।“मधेश प्रदेश संगठन सुदृढिकरण विशेष अभियान”नाम दिएर माओवादी केन्द्रले सुरु गरेको अभियान सर्लाही सहित मधेश प्रदेशका आठै जिल्लामा तिब्रताका साथ सुरु भएको हो ।
माओवादी केन्द्र मधेश प्रदेश समितिको फागुन २८ गते महोतरीको बर्दिबासमा बसेको बैठकले मधेश प्रदेशका १ सय ३६ वटै स्थानीय तह र आठै वटा जिल्लामा प्रदेश तथा प्रतिनिधि सभा र स्थानीय तहको निर्वाचनको समिक्षा सहित संगठन सुदृढिकरण एवम संगठन विस्तार अभियान सुरु गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य लुमणी धिमाल(लोचन)ले जानकारी दिए ।
उनका अनुसार माओवादी केन्द्र मधेश प्रदेश समितिको फागुन २८ गते महोतरीको बर्दिवासमा र त्यससंगै फागुन २६,२७ र २८ गते केन्द्रीय कार्यालय कोटेश्वरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)को अध्ययक्षतामा बसेको बैठकले प्रदेश तथा प्रतिनिधि सभा र स्थानीय तहको निर्वाचनको समिक्षा सहित संगठन सुदृढिकरण एवम संगठन विस्तार अभियान सुरु गर्ने निर्णय गरेको थियो ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समसामयिक राजनैतिक स्थिती,पार्टीको अवस्था लगायतका विषयमा जनतालाई जानकारी गराउनु जरुरी रहेको भन्दै सबै केन्द्रीय सदस्यहरुलाई आ–आफ्ना स्थानीय तहमा गएर संगठन सुदृढिकरण एवम संगठन विस्तार अभियान सञ्चालन गर्न निर्देशन दिएका थिए ।
बैठकमा संगठन सुदृढिकरण एवम संगठन विस्तार अभियान दुई महिना सञ्चालन गर्ने र पार्टीका स्थानीय तहका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण तथा परिचालन गर्ने लगायतका काममा सबै केन्द्रीय सदस्यहरुलाई संगठन सुदृढिकरण एवम संगठन विस्तार अभियानमा जुट्न अध्यक्ष प्रचण्डले निर्देशन दिएका महा सचिव देव गुरुङले जानकारी दिए ।
उनका अनुसार हरेक केन्द्रीय सदस्यहरुले कम्तीमा एक पालिकाको नेतृत्व गर्ने गरी सम्बन्धीत जिल्लाहरुले कार्य विभाजन गर्ने,केन्द्रीय सदस्यहरुको अलावा जिल्लाका जिम्मेवार नेताहरुलाई पनि अभिायनको जिम्मेवारी दिने र वैचारीक,राजनैतिक तथा संगठनात्मक अभिायनलाई निरन्तरता दिने लगायतका निर्णयहरु गरेको छ ।
अभियानको क्रममा पालिका समितिको बैठक गर्ने,मुल्यांकन गर्ने,निर्वाचन समिक्षा गर्ने र राजनैतिक प्रशिक्षण सञ्चालन गर्ने,पार्टिका सदस्यहरुको सदस्यता नविकरण,सदस्यता रेकर्ड कायम गर्ने,नयाँ सदस्यता भर्ने,नयाँ तथा पुराना सदस्यहरुको शुल्क संकलन गर्ने, समितिहरु गठन एवम आवश्यक भएमा पुनःगठन गर्ने,समितिहरु नभएका पालिकाहरुमा सम्मेलन गर्ने र समिति गठन गर्ने,जनवर्गिय संगठनहर र मोर्चाहरु गठन गर्ने,स्थानीय स्तरका जनवर्गिय संगठनहरुको सम्मेलन तथा भेला गर्ने,समाजका विकृति,विसंगतिहरुका साथै समस्याहरुका विषयमा सरोकारवाला निकायहरुलाई ज्ञापन पत्र बुझाउने,प्रदर्शन र गोष्ठिहरु गर्ने र जनताका समस्या समाधान गर्न पहल गर्ने,जनताका प्रत्यक्ष सरोकारका सवालहरुमा एकाकार गर्ने,पार्टीबाट  निर्वाचित जनप्रतिनिधिहरुसंग समन्वय गर्दै विकास निर्माणका काममा पहल गर्ने,विचार र व्यवहार मिल्ने कम्युनिष्ट पार्टीहरुसंग स्थानीय स्तरमा पनि भेटघाट गर्ने र अभिायनको रिपोर्ट तयार पारी चैत मसान्त सम्ममा सम्बन्धति प्रदेश कार्यालयहरुमा पेश गर्ने लगायतका निर्णयहरु गरेको माओवादी केन्द्रका उपमहा सचिव गिरिराजमणी पोख्रेलले जानकारी दिए ।
जस अनुसार सर्लाही सहित मधेश प्रदेशका सबै जिल्लाहरुमा अभियान सुरु गरिएको केन्द्रीय सदस्य एवम निवर्तमान मन्त्री रामेश्वर रायले जानकारी दिए । उनका अनुसार वर्तमान राजनैतिक तरलता,जनयुद्ध र जनओन्दोलनको त्याग,तपस्या र बलिदानबाट प्राप्त राजनैतिक उपलब्धीलाई रक्षा गर्दै विरोधी शक्तिहरुको खुलेर सामना गर्ने लगायतका निर्णयहरु भएका र सोही अनुसार अभियान सुरु भएको हो ।
वर्तमान राजनैतिक उपलब्धीहरुको प्रमुख वाहक शक्तिको रपमा रहेको भएपनि देशव्यापी संगठनको अवस्था अस्तव्यस्त भएकाले निर्वाचनमा सोचे अनुसारको उपलब्धी हाँसिल गर्न नसक्नुको कारण समेत खोजी गर्ने विषयमा बैठक केन्द्रीत रहेको उपा अध्यक्ष अग्नि प्रसाद सापकोटाले बताए । साथै मधेश प्रदेशमा निर्वाचनको नतिजा अत्यन्तै नाजुक रहेका कारण मधे प्रदेशलाई विशेष रुपमा हेरिएको उपा अध्यक्ष सापकोटाले बताए ।
सर्लाहीका २० मध्य तनि वटा स्थानीय तहमा अभियान सम्पन्न गरि सकेको केन्द्रीय सदस्य एवम सर्लाही जिल्ला इन्चार्ज अचयुतम काफ्ले बताए । उनका अनुसार जिल्लाको ब्रम्हपुरी गाउँपालिका,गोडैता नगरपालिका,बसबरिया गाउँपालिकामा अभियान सकिएको र मलंगवाको तयारी बैठक सकिएको छ ।
जिल्लामा सञ्चालन भएको अभियानमा केन्द्रीय सदस्य लोचन,राय,काफ्ले र सर्लाही क्षेत्र नम्बर ४ प्रदेश सभा (ख)का प्रदेश सभा सदस्य फकिरा महतो लगायत जिल्लाका पार्टीका नेता तथा कार्यकर्ताहरु र जनवर्गिय संगठनका नेता तथा कार्यकर्ताहरु भिडेका छन् ।
 

सम्बन्धित समाचार