इश्वरपुरमा प्रदेश २ कै पहिलो पटक भारत्तोलन( पावर लिफ्टिंग प्रतियोगिता सम्पन्न

3.3k Shares

सर्लाहीको ईश्वरपुरमा प्रदेश २ कै पहिलो पटक जिल्ला स्तरीय  पावर लिफ्टिंग (भारत्तोलन) प्रतियोगिता  सम्पन्न भएको छ । गोल्ड फिटनेस सेन्टर ईश्वरपुरको आयोजनामा ईश्वरपुर नगरपालिका ६ मा प्रदेश २ कै पहिलो पटक जिल्ला स्तरीय  पावर लिफ्टिंग (भारत्तोलन) प्रतियोगिता  सम्पन्न भएको हो ।
प्रतियोगितामा आयोजक क्लब सहित युनाइटेड फिटनेस सेन्टर लालबन्दी, राइजिंग युवा क्लब मलंगवा  र तराई बुल्स जिम क्लबका खेलाडीहरुले भाग लिएका थिए । प्रतियोगितामा मास्टर्स तर्फ प्रथम विकास श्रेष्ठ ,द्धितिय सन्देश लामा र तृतीय विक्रम पाख्रिन भएका आयोजकले जनाएको छ । यस्तै निखिल कुमार झा,निरज सर्राफ र डिक बहादुर मगर सिनियर  तर्फ प्रथम,द्धितिय र तृतीय भएका छन् ।यसैगरि  सव सिनियर तर्फ सत्यमान लोप्चन,नयन जेना र देवेन्द्र श्रेष्ठ भएका छन । भने  जुनियर तर्फ सन्तोष साह,धर्मेन्द्र राम र रंजित मगर क्रमश ः प्रथम द्धितिय र तृतीय भएका आयोजक संस्थाका इभेन्ट मेनेजर चाँद मिकरानीले जानकारी दिनु भयो ।


ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोज देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुरुष तर्फ  जुनियर,सव सिनियर ,सिनियर र मास्टर्स  तहको प्रतियोगिता भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख देवकोटाले विद्यालय,क्लब तथा पालिकाहरुले अन्य सबैखाले खेलकुद प्रतियोगिताहरुको आयोजना गर्दै आएको भएपनि  प्रदेश न–२ मै पहिलो पटक यस किसिमको प्रतियोगिताको आयोजना सर्लाहीको ईश्वरपुरमा आयोजना गरिएकोले आगामी दिनमा पनि यसलाई निरन्तरता दिन सुझाव दिनु भयो । उहाँले यस्ता प्रतियोगीताहरुले आफ्नो ठाउँ तथा जिल्ला र देशको नाम विश्वमा उच्च राख्ने बताउँदै आयोजक कमिटी तथा बिजेता  खेलाडीहरुलाई  बधाई दिनुभयो ।
पहिलोपटक भारत्तोलन प्रतियोगिता प्रत्यक्षरुपमा हेर्न पाउँदा दर्शकहरु निकै उत्साहित देखिएका थिए । भने भारतोलन प्रतियोगीताको लागि स्थानिय व्यापारी,व्यवासायीहरु तथा सहकारीहरु र निजी विद्यालयहरुले विशेष सहयोग गरेका आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार