नेपाल सांस्कृतिक महासंघ सर्लाहीको सभापतिमा मगर सर्व सहमत

309 Shares

नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक महासंघ सर्लाहीको सभापतिमा नारायण गुर्मछाने मगर चयन भएका छन्।सर्लाहीको लालबन्दीमा सम्पन्न महासंघको तेस्रो जिल्ला अधिवेशनले मगरको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मतरुपमा चयन गरेको हो।महासंघको नवगठित कार्य समितिको उपसभापतिमा निलम मैनाली,सचिवमा सुशील गजमेरलगायत अन्य पदाधिकारी तथा सदस्य चयन भएका नेपाली कांग्रेसकी नेतृ शोनी कुमारी बम्जनले जानकारी दिईन् ।
नेपाल सांस्कृतिक महासंघका निवर्तमान जिल्ला सभापति मदनबहादुर विश्वकर्माको अध्यक्षता तथा नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाल सांस्कृतिक महा संघका केन्द्रीय सभापति तीर्थ थापा,महासंघकै महामन्त्री शिवशंकर रिजाल,पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ,लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी र ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोजकुमार आचार्यलगायतको आतिथ्यता रहेको नेपाली कांग्रेसका नेता गजेन्द्र साहले जानकारी दिए ।

सम्बन्धित समाचार