सर्लाहीको हरिवन नगरपालिका ८ मा शैक्षिक स्तर उकास्ने मुख्य उद्देश्य राखी १० दिनसम्म विद्यार्थीलाई सहभागी गराई अतिरिक्त क्रियाकलाप गरिएको छ ।हरिवन नगरपालिका ८ भित्रका निजी तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत् विद्यार्थीहरुलाई सहभागी गराएर अतिरिक्त क्रियाकलाप संचालन गरिएको हरिवन नगरपालिकाको शिक्षा शाखा संयोजक रुस स्टालिन चौलागाईँले जानकारी दिए।
उनका अनुसार हरिवन नगरपालिका ८ भित्रका दुई सय ५० जना विद्यार्थीहरुलाई १० दिनसम्मको हाजिरीजवाफ, वतृत्वकला,वादविवाद,गायन,नृत्य,कविता वाचन,कथा वाचन र चित्रकलालगायतको प्रतियोगितामा सहभागी गराइएको हो ।वडा भित्रका तीनवटा विद्यालयका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष तथा निवर्तमान प्रधानाध्यापकहरुको समिति गठन गरि अतिरिक्त क्रियाकलाप संचालन गरिएको जनजागृति माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा पूर्व शिक्षक विनोद भट्टराईले जानकारी दिए ।उनका अनुसार एउटा विद्यालयबाट एक जनाका दरले तीन जनाको समिति बनाई अतिरिक्त क्रियाकलाप संचालन गरिएको हो ।
अतिरिक्त क्रियाकलापका बिजेता विद्यार्थीहरुलाई हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल),नगर उप प्रमुख हरिमाया घलान र हरिवन नगरपालिका ८ का वडाध्यक्ष प्रज्वल ढुंगानालगायतले पुरस्कार वितरण गरेका हरिवन नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।पुरस्कार वितरण गर्दे नगर प्रमुख बुढाथोकीले यस प्रकारका क्रियाकलापहरुले विद्यार्थीहरुमा अझ उर्जा थपिने बताए ।