शसस्त्र प्रहरी निरिक्षक सिंहकाे निरन्तर असुली धन्दा,डिआईजी मगरलाई समेत बदनाम गराउदै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-२२ गते   ४७५ पटक हेरिएको

शसस्त्र प्रहरी बल नम्बर ११ हे.क्वा.गण राैतहट मातहतकाे शसस्त्र प्रहरी  बल नेपाल सुरक्षा वेश लक्ष्मीनियाँका शसस्त्र प्रहरी निरिक्षककाे असुली धन्दा सुरु भएको छ ।
विगत लामाे समयदेखि मधेश प्रदेशका जिल्लाहरुका विभिन्न नाकाहरुमा   बसेर कमिसन असुली धन्दा चलाई रहेका शसस्त्र प्रहरी निरिक्षक संजित सिंह राैतहटकाे लक्ष्मीनियाँ वेशमा गएर पनि साेहि असुली धन्दा निरन्तर गरि रहेका छन् । उनले लक्ष्मिनियाँबाट काठ तस्करीहरु,रांगा,भैंसी ओसार पसार गर्नेहरु र घरेलु मधिरा ओसार पसार गर्नेहरुसंग उनले ठुलाे रकम कमिसन असुली  रहेका शसस्त्र प्रहरी स्राेतकाे दाबी छ । 
उनलाई तपाईंले त कमिसन असुली धन्दा चलाउनु भएको छरे नी भन्ने कमलामाई खबरकाे प्रश्नमा उनले'कहाबाट काठ सप्लाई हुन्छ हेर्न आउनु जे पायाे तेहि बाेल्ने' भने ।  उनले त्यहाँका काठ तस्करहरु,रेन्जर,काठका चिरान मिल र सामुदायिक वन उपभोक्ता समितिबाट अलुसी धन्दा चलाएका स्थानियकाे भनाइ छ । एक शसस्त्र प्रहरी अधिकारीका अनुसार आवश्यक परेकाे खण्डमा सबै प्रमाणहरु पेश गर्न सकिन्छ ।
साे विषयमा शसस्त्र प्रहरी बल नेपाल नम्बर ११ हे.क्वा.गण राैतहटका शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी उपरीक्षक ध्रुव बहादुर कार्कीले के हरेछ साे विषयमा बुझेर भन्छु भन्ने प्रतिक्रिया दिए । उनी शक्तिकाे आडमा सर्लाहीको शसस्त्र प्रहरी बल नेपाल बाेर्डर आउट पाेष्ट(बिओपी) त्रिभुवननगरमा विगत लामाे समय बसेर कमिसन असुलीकाे ठुलाे रकम बुझ्न बानि परेका  शसस्त्र प्रहरी निरिक्षक सिंह साे स्थानमा फेरि जान नपाउँदा अरुकाे बदनाम गराउने काममा समेत संगलग्न भएका पाईएकाे छ । उनी विभिन्न अनावश्यक कुरा लगाएर मधेश प्रदेश छिन्नमस्ता बाहिनिका बाहिनी पति डिआईजी गणेश बहादुर ठाडा मगरकाे समेत बदनाम गराउने काममा लागि परेका शसस्त्र प्रहरी स्राेतकाे दाबि छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech