सर्लाहीका विभिन्न दुई स्थानमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने पाँच जना घाईते भएका छन् ।पुर्व पश्चिम राजमार्ग अन्र्तगत इश्वरपुर नगरपालिका १२ स्थितमा बाँके जंगलको घारीबथान जाने चोकमा नम्बर नखुलेको बोलेरोले ज २ प ७९९२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा महोत्तरीको औरही नगरपालिका ५ श्रीपुरका अन्दाजी बर्ष २३ का दिलिप मुखियाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पुर्वबाट फुलजोर तर्फ आउदै गरेको ज २ प ७९९२ नम्बरको मोटरसाईकलाई बिपरित दिशाबाट जाँदै गरेको नम्बर नखुलेको बोलेरोले ठक्कर दिदा मुखिया र सोही मोटरसाईकलमा सवार ईश्वरपुर नगरपालिका ५ फुलजोरका अन्दाजी वर्ष ३३ का शंकर मोक्तान घाईते भएका थिए ।गंभिर घाईते भएका मुखियालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाही पठाइएकोमा त्यहाँ उपचारको क्रममा उनको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।
त्यसैगरी मलंगवा नगरपालिका ४ स्थित मलंगवा नवलपुर सडक खण्डमा मलंगवाबाट कबिलासी तर्फ आउँदै गरेको मे ४ प ७२८९ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट जाँदै गरेको विआर ०६ विपी ६५२५ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा रोकी राखेको बिआर ३० भि ३०९८ नम्बरको मोटरसाईकलमा समेत ठक्कर खाँदा चार जना घाईते भएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बिआर ०६ बिपी ६५२५ नम्बरको मोटरसाईलका चालक सर्लाहीको मलंगवा नगरपालिका १० का अन्दाजी बर्ष १८ का अभिषेक राय,सोही मोटरसाईकलमा पछाडि सवार मलंगवा नगरापालिका ४ का अन्दाजी वर्ष १७ का अमन राय,मे ४ प ७२८९ नम्बररकोे मोटरसाईकलका चालक देश भारत जिल्ला मोतिहारी घर भई हाल सर्लाहीको मलंगवा नगरापालिका ८ का अन्दाजी बर्ष २३ का आकाश मिश्र र सोही मोटरसाईकलमा पछाडि सवार सर्लाहीको चक्रघट्टा गाउँपालिका ७ का अन्दाजी बर्ष १८ का इन्दल राय घाईते भएका छन् ।