Close This

रोल्पामा बम बिस्फोट हुदा चार बालबालिकाको मृत्यु ,

पत्र पत्रिका    प्रकाशित: २०७७-१-१८ गते   २८२ पटक हेरिएको

बम विष्फोट हुँदा रोल्पामा चार बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटनाबारे पुष्टि गर्नु भएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा आज बिहीबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएको डिएसपी गुरुङले बताउनु भयो।टुइञ्च मोटर जस्तो बम विस्फोट भएको छ, अर्को विष्फोट भएको छैन र त्यसमा परेर चार जना बालबालिकाको मृत्यु भएको छ,’ डिएसपी गुरुङले बताउनु भएको छ। घटनाको थप बिबरण आउन बाकी रहेको छ l

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech