Close This

रौतहट सर्लाही यातायात प्रालीको दोस्रो साधारण सभा सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-१४ गते   ४०८ पटक हेरिएको

रौतहट सर्लाहीका यातायात व्यावसायीहरुको संगठन रौतहट सर्लाहीका यातायात प्रालीले दोस्रो साधारण सभा सम्पन्न गरेको छ । सर्लाहीको लालबन्दी नरगपालिका ७ मा रहेको प्रालीको  कार्यालयमा मंगलबार दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
प्रालीका अध्यक्ष राजेश कुमार मैनाली(राजकुमार)को अध्यक्षतामा भएको साधारण सभाले सञ्चालक समितिको प्रतिवेदनमाथी छलफल,लेखापरिक्षण प्रतिवेदन माथी छलफल र लेखा परिक्षण नियुक्त गर्ने लगायतका विषयमा छलफल गरेको प्रालीका अध्यक्ष मैनालीले जानकारी दिनु भयो ।
प्राली गठन भएको दोस्रो वर्ष लागेको अवसरमा आयोजित साधारण सभामा सञ्चालक समितिका ९ जनाको साथै दुवै जिल्लाका यातायात व्यावसायीहरुको सहभागीता रहेको थियो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech