बरुण वेभेरेज नेपाल प्रा.लिको चर्काे लार्पवाही, माउन्टेन ड्युमा अखाध्य बस्तु भेटियो

406 Shares

चिसो पेय पदार्थ माउन्टेन ड्युमा अखाध्य बस्तु भेटिएको छ।बरुण वेभेरेज नेपाल प्रा.लि.द्वारा उत्पादित पेय पदार्थ ड्युको बोतल भित्र फलामको रिङ जस्तो देखिने अखाध्य बस्तु भेटिएको हो।सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित एक खाजा घरमा चिसो पेय पदार्थ खाने क्रममा सिल नतोडिएको ड्युको बोतलभित्र मानव स्वास्थ्यमा खेलबाड गर्ने किसिमको अखाध्य बस्तु भेटेपछि उपभोक्ताहरुले तत्काल कमलामाई मिडिया प्रा.लि.लाई जानकारी गराएका छन्।
२०७३ साल वैशाख पहिलो साता सर्लाहीमा बरुण वेभेरेज नेपाल प्रा.लि.द्वारा नै उत्पादित ड्युमा अखाध्य पदार्थ सर्पजस्तो देखिने बस्तु भेटिएको थियो भने बुधबार फेरी ड्युमै अखाद्य बस्तु भेटिएको हो ।ड्युको बोतल भित्र अखाध्य बस्तु भेटिनुले बरुण वेभेरेज नेपाल प्रा.लिको हदैसम्मको लापरबाही र उपभोक्ताको स्वास्थ्यमाथि निरन्तर खेलवाड भएको प्रष्ट देखिन्छ।उपभोक्ताको स्वास्थ्यमाथी गम्भीर खेलबाड गर्ने गरी ड्युको बोतल भित्र बारम्बार अखाद्य बस्तु भेटिदा पनी उत्पादक कम्पनीका कर्मचारीहरु कहिल्यै मिडियामा बोल्न चाहादैनन् ।

के भन्छन उपभोक्ता ?
ड्युमा अखाध्य बस्तु भेटिएपछि कमलामाई मिडिया प्रा.लिले बरुण वेभेरेज नेपाल प्रा.लि.का बजार व्यावस्थापकसंग प्रतिकृया लिन खोज्दा गैर जिम्मेवारपुर्ण जवाफ दिएका उपभोक्ताले बताए ।यसरी करिब तीन करोड नेपाली उपभोक्ताहरुको स्वास्थ्यमाथी गम्भीर खेलबाड गर्ने बरुण वेभेरेज नेपाल प्रा.लि.लाई कारबाही गर्न उपभोक्ताहरुले माग समेत गरेका छन् ।
“यदी सरकारी निकायले कारबाही गर्दैन भने हामी सम्पूर्ण उपभोक्ता मिलेर बरुण वेभेरेज नेपाल प्रा.लि.को सर्लाहीका डिलहरुमा सिलबन्दी गर्ने छौ,यस्तो लापरबाही एक पटक नभएर बारम्बार भई रहेको छ ।”ती उपभोक्ताले भने,“यसबारेमा तपाईहरुको लापरबाही देखियो भनेर बरुण वेभेरेज नेपाल प्रा.लि.का कर्माचारी बजार व्यावस्थापक गोकुल पौडेललाइ जानकारी गराउँदा उनले प्रयोग अवधि सकिएको होला वा अन्य कुनै कारण होला त्यो सामान्य हो भन्दैे गैर जिम्मेवापुर्ण जवाफ दिए ।” ती उपभोक्ताले कमलामाई मिडिया प्रा.लिलाई बताए ।
बोल्नै मान्दैनन् बरुण वेभेरेज नेपाल प्रा.लि.का कर्माचारी 
यसबारेमा कमलामाई मिडिया प्रा.लिले प्रतिक्रिया लिन बरुण वेभेरेज नेपाल प्रा.लि.का रिजनल मार्केटिङ मेनेजर शुभाष दाहाललाई फोन गर्दा उनले आफुलाई सो सम्बन्धमा कुनै जानकारी नभएको र आफुले त्यो बोतल फिर्ता गरेर अर्काे बोतल पठाउने बताए । 
बरुण वेभेरेज नेपाल प्रा.लि.को उत्पादन शाखाका कर्माचारी के भन्छन् ?
बरुण वेभेरेज नेपाल प्रा.लिको उत्पादन शाखाका कर्माचारी सुर्य मिश्रलाई फोन गर्दा उनको फोन उठेन् ।बरुण वेभेरेज नेपाल प्रा.लिको उत्पादन लालबन्दी नगरपालिका ७ स्थित रहेको रश्मी कोल्ड स्टोर्सले आधिकारीक विक्रेताको रुपमा बिक्रि गरि रहेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर यस्तो भन्छ ?
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रविण तिवारीलाई सो विषयमा जानकारी गराउँदा उनले बरुण वेभेरेज नेपाल प्रा.लिले निकै लार्पवाही गरेको स्थलगत गरेर स्याम्पल उठाउर कार्बाही प्रक्रियामा जाने बताए ।उनले फेला परेको प्रमाण खाद्यको मानिसले नियन्त्रणमा लिने र बरुण वेभेरेज नेपाल प्रा.लि.लाई कारबाही गर्ने प्रतिवद्धता जनाए ।
कानुनमा व्यवस्था के छ
यसरी चिसो पेय पदार्थमा अखाध्य बस्तु भेटिएको खण्डमा खाद्य ऐन अनुसार उत्पादक कम्पनीको लापरबाहीका कारण दोषि पाइएमा पहिलो पटकलाई रु एक हजार जरिवाना र छ महिना कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ,तर,उपभोक्ता संरक्षण ऐनमा भने रु पाँच लाख जरिवाना र १४ वर्ष कैद सजाय हुने व्यवस्था रहेको छ ।

सम्बन्धित समाचार