Close This

ट्राफिक प्रहरी कमिसनमा व्यस्त, डिउटीमा ५०/१०० मा काम चल्छ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-२६ गते   ३९१ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ९ मा रहेको धर्म काटाँमा ट्राफिक प्रहरीका कारण ओभरलोड भएका सवारीसाधनहरुले उन्मुक्ति पाउने गरेका छन् ।  ट्राफिक प्रहरी असई श्रीराम खतिवडा र असइ दिपक बस्नेतको मिलेमतोमा काँटामा आएका सवारीसाधनहरुले लोड क्षमता भन्दा बढी सामान बोकेर आउँदा पनि जरिवाना नकाट्ने गरेको पाईएको हो । ट्राफिक प्रहरी र सवारीसाधनहरुको मिलेमतोमा कमिसनको खेलमा यातायातको नीयम भन्दा बाहिर सञ्चालनमा रहेका सवारीसाधनहरुले नीयमानुसार जरिवाना नकाट्ने गरेको पाईएको हो । 
अम्वे सिमेन्ट,मारुती सिमेन्ट,बन्धन सिमेन्ट,रिद्दि सिद्दि सिमेन्ट र सौर्य सिमेन्टका कच्चा पदार्थका साथै  बालुवा लिएर आउने मालबाहक सवारी साधनहरुबाट ट्राफिक प्रहरीका माथिल्लो निकायका कर्माचारीहरुले चर्को कमिसन लिने र त्यस प्रकारका सवारी साधनहरुलाई उन्मुक्ति दिने गरेको पाईएको हो । अम्वे सिमेन्ट,मारुती सिमेन्ट,बन्धन सिमेन्ट,रिद्दि सिद्दि सिमेन्ट र सौर्य सिमेन्टका कच्चा पदार्थका साथै बालुवा लिएर आउने मालबाहक सवारी साधनहरुबाट ट्राफिक प्रहरीका असई दिपक बस्नेतले कमिसन लिने र मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथ्लैयाका प्रमुखलाई समेत बुझाउने गरेका एक मालबाहक सवारीसाधनका चालकले सुनाए  ।
उनका अनुसार ट्राफिक प्रहरीले ५०३,६०३,४६४६,८१८२,६०२२,५१३३,५८९४,५४४३,८२७९,८२९९,०३०३,३७७१,३७७०,६५०३,६९६९ र ३१२६ नम्बरका लगायत अन्य विरगन्जबाट विराटनगर,ईटहरी,मिर्चैया र सिन्धुली जाने सवारीसाधनहरुका साथै पुर्वबाट आउने सवारीसाधनहरुका लाईन मिलाउने मानिसहरुसंग ठुलो मात्रामा कमिसन असुल्ने गरेका हुन । निर्माण सामाग्री देखि विभिन्न प्रकारका कच्चा पदार्थ लगायत दैनिक उपभोग्य सामाग्रीहरु ओसार पसार गर्ने मालबाहक सवारीसाधनहरुबाट ठुलो कमिसन उठाउने गरेका पाईएको हो । आफुहरुले  डिउटीको समयमा त्यस प्रकारका सवारीसाधनहरुलाई रु ५०/१०० लिएर  छाड्ने गरिएको एक ट्राफिक प्रहरी कर्माचारीले बताए । उनले भने रोकेर जरिवाना गर्दा माथिबाट फोन आउँछ हाकिमको गालि खाईन्छ । त्यस कारण जति दिन्छन त्यति लिने र त्यस्ता सवारीसाधनहरु छाड्ने गरेको बताए ।
यस्ता सवारीसाधनहरुले भारवाहन क्षमता भन्दा ४ टन सम्म बढी  सामान बोक्ने गरेका भए पनि ट्राफिक प्रहरी मौन देखिएको छ ।भारबाहन क्षमता भन्दा बढी सामान बोक्ने सवारी साधनहरुलाई यातायता व्यावस्था कार्यालय पठाउनु पर्नेमा ट्राफिक प्रहरी कर्माचारीहरुले कमिसन लिएर छाड्ने गरेका यी उद्धाहरण्ीय घटनाहरु मात्र हुन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech