रकम खाएर काम गर्न नदिएको भन्दै अवैध कारोवारीहरु शसस्त्र प्रहरी महानिरीक्षक अर्याल कहाँ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-५ गते   १९८४ पटक हेरिएको

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मधेश प्रदेशका केही अवैध धन्दा कारोवारीहरुसंग भेट्नु भएको छ । मधेश प्रदेशको पर्साबाट अवैध रुपमा कारोवार गर्ने व्यापारीहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले काठमाण्डौँमा बोलाएर भेट्नु भएको हो ।
सीमावर्ती क्षेत्रबाट भन्सार छलि गरेर अवैध रुपमा सामानहरु ओसार पसार गर्ने कारोवारीहरुले आफ्हरुलाई कारोवारमा सहजता प्रदान गरिदिन भन्दै सशस्त्र प्रहरी महानिरीक्षक अर्याललाई भेटेका हुन । जसबाट सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशनमा जिल्लाका फिल्डमा रहेर काम गर्नेहरुलेकमिसन उठाउने गरेका पुष्टि हुन्छ ।  
मधेश प्रदेशको पर्सा देखि सप्तरी सम्मको सिमानाकामा शसस्त्र प्रहरी कर्माचारीहरु सुचना संकलनको नाममा चर्काे कमिसन असुली चलाई रहेका भएपनि अवैध कारोवारीहरु आफुहरुलाई कारोवारमा थप सहजता प्रदान गरि दिन भन्दै सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको शरणमा पुगेका हुन ।
शसस्त्र प्रहरीका घुमुवाहरुले सिमानाकामा हुने तस्करीलाई लाईन दिने र सवारी साधनहरुमा सामान लोड भएर अन्यन्त्र निस्कन लागेपछि सवारी साधन सहित नियन्त्रणमा लिँदा आफुहरु ठुलो मारमा परेको अवैध कारोवारीहरुको गुनासो रहेको छ । सोही गुनासो लिएर उनिहरु सशस्त्र प्रहरी महानिरीक्षक  अर्याल कहाँ पुगेका हुन ।
तस्करीमा संलग्न कारोवारीहरूले दिनुपर्ने रकम महिना पुगेको २ दिन कट्दा पनि नदिएको भन्दै उक्त सामान समातिएपछि अवैध कारोवारीहरु सशस्त्र महानिरीक्षक अर्याललाई भेट्न पुको थिए । सशस्त्र महानिरीक्षक अर्याललाई भेट्न पुगेका कारोबारीहरुले‘कि रकम लिनुभएन रकम लिइ सकेपछि काम गर्न दिनुपर्याे,एक दुई दिन यताउता भैहाल्छ।’सशस्त्र महानिरीक्षक अर्याललाई भनेका छन् ।
शसस्त्र प्रहरीले बाराको परवानीपुरबाट जेठ तीन गते राति  करिब ३ बजे डिब्बावाला ट्रक पक्राउ गरि भन्सार बुझाएको थियो । ट्रकमा बाहिर ड्रम राखेर भित्र सबै कपडा लोड गरेको सुराकीको आधारमा सशस्त्र प्रहरीका घुमुवाहरूले सो ट्रकलाई नियन्त्रणमा लिएका थिए । भन्सारमा बुझाउदा  रु ४० लाख सामान र रु २५ लाख ट्रकको गरि रु ६५ लाखको मूल्याङ्कन राखेर भन्सारमा बुझाएको शसस्त्र प्रहरीले जनाएको छ ।
बाराको परवानीपुरमा रोकि राखेको ट्रकलाई सामान लैजाने हो भन्दै सोध्न आएका व्यक्तिको विश्वासमा पर्दा ड्राइभर समेत रहेका ट्रक साहु समेत आफैं फसेका थिए । खाली ड्रम बनेपा सम्म लैजाने हो भनेर उनीहरूले फसाएको ट्रकका चालक समेत रहेको सवारी धनले बताए । लोड गर्न समय लाग्ला भनेर आफू आराम गरेको तर तस्करीको सामान हालेर आफुले भर्खरै किनेको ट्रक समेत फसाई दिएको उनकोे गुनासो छ । सशस्त्र महानिरीक्षक अर्याललाई भेट्न शत्रुधनको नेतृत्वमा मधेश प्रदेशको पर्साको सिमानाबाटा ठुलो मात्रामा अवैध कारोवार गर्नेहरु गएका सशस्त्र  प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
रकम लिएर पनि काम गर्न न नदिएपछि र रकम पनि फिर्ता नगरेको बरु सशस्त्र महानिरीक्षक अर्यालको निर्देशनमा आफुलेरकम उठाएको शसस्त्र प्रहरीका धुमुवाहरुले बताएपछि अवैध कारोवारीहरु सोरकम फिर्ता माग्न सशस्त्र महानिरीक्षक अर्याल कहाँ पुगेका हुन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech