Close This

राजनैतिक र आर्थिक प्रलोभनमा परेर काठ तस्करीमा संग्लग्न ट्याक्टरलाई उन्मुक्ती

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-७ गते   १२३१ पटक हेरिएको

सर्लाहीको हरिपुर नगरपालिका १ स्थित जानकीनगर वन क्षेत्रबाट ठुलो मात्रामा काठ सहित पक्राउ परेको ट्याक्टर आर्थिक चलखेलबाट छुटेको छ । हरिपुर नगरपालिका १ स्थित जानकीनगर वन क्षेत्रबाट ठुलो मात्रामा काठ सहित २०७८ चैत्र १२ गते शनिबार पक्राउ परेको ट्याक्टर राजनैतिक र आर्थिक पावरका कारण छुटेको हो ।
२०७८ चैत्र १२ गते शनिबार शसस्त्र प्रहरी बल सुरक्षा वेश क्याम्प हरिवनको टोलीले अन्दाजी ३६ दशमलव ७६ क्वुविफिट सालको काठ सहित प्रदेश २–०३–००१ त २३८५ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय  सर्लाहीको जिम्मा लगाएको थियो ।

तत्कालीन डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोष कुमार झाले सो ट्याक्टरलाई वन ऐन अनुसार मुद्धा प्रक्रिया अगाडी बढाएका थिए । काजमा सर्लाही आएका डिभिजन वन प्रमुख झाको महोतरी सरुवा भएपछि बाराबाट सरुवा भई सर्लाही आएका डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मन्जुर अहमद्ले सो ट्याक्टरलाई आवश्यक कार्बाही गर्नुको सट्टा ट्याक्टरमा लोड भएको काठलाई अनलोड गर्न लगाई राजनैतिक र आर्थिक प्रलोभनमा परेर उन्मुक्ती दिएका रहस्य बाहिरिएको छ ।
डिभिजन वन कार्याल सर्लाहीका प्रमुख अहमद्ले आफु मधेश प्रदेशका मुख्य मन्त्री लालबाबु राउतको नातेदार रहेको र आफुलाई कसैले केही गर्न नसक्ने भन्दै सो ट्याक्टरलाई रु ५० हजार तिराएर छाडेका पाइएको छ । सोही विषयलाई लिएर तत्कालीन सव डिभिजन वन कार्यालय जानकीनगरका प्रमुख सहायक वन अधिकृत सुभाष चन्द्र प्रसाद साह सहितको टोलीलाई तत्कालीन डिभिजन वन कार्याल सर्लाहीका प्रमुख झाले आवश्यक कार्बाहीको लागि अनुसन्धान गर्न भन्दै डिभिजन वन कार्यालयमा तानेका थिए । उनिहरु मध्य एक जना बाहेक अरु कर्माचारी अहिले पनि डिभिजन वन कार्यालयको अनुसनधानको घेरामा रहेका छन् भने रेन्जर शुभाष झा सव डिभिजन वन कार्यालय बाँके सरुवा भएका छन् ।
डिभिजन वन कार्याल सर्लाहीका प्रमुख अहमद्ले रु ५० हजार रकम लिएर वन ऐन अनुसार छानविनमा रहेको ट्याक्टरलाई उन्मुत्ती दिएका वन कार्यालयका एक कर्माचारीले बताए । तत्कालीन समयमा गरिएको मुचुल्काको सबै कागजात लुकाएर अर्कै कागजात तयार पारी सो ट्याक्टरलाई राजनैतिक र आर्थिक प्रलोभनमा परेर उन्मुक्ती दिइएको वन कार्यालयका एकजना अधिकृतको दाबी छ ।
३६ दशमलव ७६ क्वुविफिट सालको काठ सहित नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयलाई बुझाउँदा पनि डिभिजन वन कार्यालयका प्रमुख अहमद्ले साधारण प्रक्रियाबाट सो ट्याक्टर छुट्नुले डिभिजन वन कार्याल सर्लाहीका प्रमुख अहमद्ले आर्थिक चलखेल गरेको देखिन्छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech