सुधार केन्द्रमा मृत्यु भएका कार्कीका पीडित परिवारको जाहेरी प्रहरीले लिएन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-४-१४ गते   १३०९ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुर स्थित रहेको नयाँ जीवन सुधार केन्द्रमा बैशाख २७ गते बुधबार मृत फेला परेका परिवारको जाहेरी प्रहरीले लिन नमानेको पीडित परिवारको गुनासो छ । लालबन्दी नगरपालिका १ नवलपुर स्थित रहेको नयाँ जीवन सुधार केन्द्रमा बैशाख २७ गते बुधबार हरिवन नगरपालिका १ का अन्दाजी वर्ष ३३ का प्रेम राज कार्की गम्छा पासो बनाई आफ्नै कोठाको सिलिङ पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
सो विषयमा पीडित परिवारले आफ्नो मान्छे आफैँ आत्माहतया गरेको नभई अन्य शंकास्पद कारण रहेको भन्दै ईलाका प्रहरी कार्यालय लालबन्दीमा पटक पटक जाहेरी दिन जाँदा प्रहरीले विभिन्न बाहनामा जाहेरी नलिएको पीडित परिवारजनको गुनासो छ ।
हरिवन नगरपालिका १ घरभई विगत केही समयदेखि  लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको नयाँ जीवन सुधार केन्द्रमा बस्दै आएका अन्दाजी वर्ष ३३ का कार्की बैशाख २७ गते बुधबार गम्छा पासो बनाई आफ्नै कोठाको सिलिङ पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
पीडित परिवारले आत्महत्या दुरुत्साहन सम्बन्धी जाहेरी दिन पटक पटक ईलाका प्रहरी कार्यालय लालबन्दीमा जाँदा प्रहरीले पटक पटक यो वा त्यो बाहनामा जाहेरी लिन नमानेको मृतककी आमा हिरा कुमारी कार्कीले गुनासो गर्नुभयो ।
श्रीमतीसंग कार्कीले मृत्यु हुनु भन्दा करिब ६ महनिा पहिला सम्बन्ध विच्छेद गरेका र कार्की आफ्नी आमा हिरासंग बस्दै आएका थिए ।
पीडित परिवारले पहिला सुधार केन्द्रका सञ्चालकहरुको नाममा ल्याएको जाहेरी लिएर जाँदा यो वा त्यो बाहनामा प्रहरलिे जाहेरी सञ्याएर ल्याउन भनेको त्यसपछि प्रहरीले भने अनुसार नै सञ्चाएर ल्याएको जाहेरी पनि दर्ता नगरेको मृतककी आमा हिराले गुनासो गरिन् ।
पीडित परिवारले पहिला सुधार केन्द्र सञ्चालकलाई कसुर गर्ने व्यक्ति भनि जाहेरी ल्याएका थिए ।
पीडित परिवारका अनुसार कार्कीको शवको अनुहारमा चोटपटक लागेको,कपाल मुण्डन गरिएको अवस्थामा तीन÷चार वटा खाटको बिचमा रहेको सिलिङ्ग पंखामा झुण्डिएको अवस्थामा फेला पारीएको र सुधार केन्द्र सञ्चालकहरुले कोहि कसैलाई बोलाउन पर्दैन भन्दै तन्नामा पोको पारि घर लैजानु भनेका कारण आफुहरुलाई शंका लागि जाहेरी दिन खोजेको भएपनि प्रहरलिे तीन पटक जाहेरी परिवर्तन गराएको भएपनि लिन नमानेपछि हुलाक मार्फत जाहेरी पठाएको पीडित परिवारको भनाई छ ।
घटनास्थलमा प्रहरीलाई सुधार केन्द्रका सञ्चालकहरुले बोलाउन नदिनु हतार हतारमा शवलाई लैजानु भनेका कारण आफुहरुलाई सुधार केन्द्र सञ्चालक प्रति नै शंका लागेकाले जाहेरी दिन जाँदा ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक अच्युत गिरीले सुधार केन्द्रका सञ्चालकको नाम हटाउर जाहेरी ल्याउन भनेका पीडित परिवारको भनाइृ छ । पीडित परिवारका अनुसार शवलाई प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम गर्दा  शरिरका विभिन्न भागमा कुटपिट गरेको चोटपटक तथा निलडाम देखिएको थियो ।
पीडित परिवारका अनुसार आफ्नो बुढेसकालको साहारा कान्छो छोराको मृत्युका कारण उनका बुबाको पनि केही समय पहिला मृत्यु भएको र कानुन बमोजिम सुक्ष्म अनुसन्धान गरि दोषीहरुलाई कडा कार्वाही गर्न माग गर्दै जाहेरी दिन जाँदा प्रहरीले विभिन्न वाहनावाजी गरि जाहेरी तीन पटक समम सञ्चाउन लगाएपनि नलिएको मृतककी आमा हिराको भनाई छ ।
सो विषयमा बुझ्दा सुधार केन्द्रका सञ्चालक विक्रम राज सापकोटाले पत्रकारहरुले जेजे लेखेपनि हुन्छ भन्दै आफुसंग पनि मृतक कार्कीका धेरै कुराहरु रहेको बताए । उनले पीडित परिवारले बताएको भरमा लेखिएका समाचारहरुले केही नहुने बताए । उनले पीडित परिवारबाट आएका विभिन्न विषयहरु आफुसंग सुरक्षित रहेको बताउँदै पीडित परिवार र प्रहरीसंग निरन्तर सम्पर्कमा रहेको बताए । उनले पत्रकारहरुले समाचार लेखेमा कार्यालयको प्रतिष्ठामा चोट लाग्ने गरी काम गरेमा राम्रो नहुने पनि बताए । उनले आफुहरु प्रहरीहरुसंग निरन्तर सम्पर्क मै रहेको दाबी गरे । 
घटना भए पछि जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदी,राष्ट्रिय अनुसन्धानका अनुसनधान उप निर्देशक सन्तोष ढुंगेल सहितको टोलीले स्थलगत अनुगमन पनि गरेको थियो । तर घटना घटेको दुई महिना पुरा भएको भएपनि आफुहरुलाई कुनै किसिमको आश्वासन समेत नआउँदा  आफुहरु थप पीडित बनेको पीडित परिवारको भनाई छ । 
यता ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहर िप्रमुख प्रहरी निरिक्षक अच्युत गिरीलाई बैशाख २७ गते बुधबार लालबन्दी नगरपालिका १ नवलपुर स्थित रहेको सुधार केन्द्रमा मृत्यु भएका कार्की परिवारले ल्याएको जाहेरी प्रहरीले लिन मानेन भन्ने कुरा आयो,वास्तविकता के हो ? जानकारी पाउन भनी प्रश्न गर्दा अनुसनधान भई रहेको र पीडितले ल्याएको जाहेरी नलिने भन्ने नहुने बताउँदै के भएको हो बुझेर बताउछु भने । तर लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा रहेको सुधार केन्द्रको कार्यालय घटना भए लगतै कार्यालय हरिवन नगरपालिका ९ स्थित सुखेपोखरीमा सारेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech