नेकपा(एमाले) निकट रिटर्नी फेडरेसन नेपाल सर्लाहीको प्रथम अधिवेशन सम्पन्न भएको छ । वैदेशिक रोजगारीमा गएर आएकाहरुलाई सिप सिकाउने र स्वदेश मै स्वरोजगारी सृजना गर्ने तथा वैदेशिक रोजगारीको सिलसिलामा सिकेको सिपलाई आफ्नै देशमा सदुपयोग गर्न गठित एमाले निकट रिटर्नी फेडरेसन नेपाल सर्लाहीको प्रथम अधिवेशनले उमेश आलेको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटि गठन गरेको एमालेको जनवर्गिय संगठन विभाग सर्लाहीका प्रमुख एवम एमाले सर्लाहीका उप सचिव प्रकाश थापाले जानकारी दिए ।
उनका अनुसार समितिको उपाअध्यक्षमा दर्शन प्याकुरेल र डोम बहादुर थापा सचिवमा रमेश कार्की,उप सचिव श्याम साह र वीर बहादुर तामाङ त्यसैगरी कोषाअध्यक्षमा अजमल हुसेन चयन भएका छन् ।
लालबन्दी नगरपालिका ६ स्थित रहेको मदन आश्रित स्मृति भवनमा भएको प्रथम अधिवेशनको सन्तोस पौडेलको अध्यक्षता एवम रिटर्नी फेडरेसन नेपालका उपाध्यक्ष बिनोद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।