Close This

एमाले सिन्धुली जिल्ला अध्यक्षमा ५ उम्मेदवारको दाबी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-१६ गते   २३३२ पटक हेरिएको

नेकपा(एमाले) सिन्धुलीको जिल्ला अधिवेशन पुस २३ र २४ गते हुने भएको छ । अधिवेशनले पुस १७ गते प्रतिनिधि छनोट गर्ने कार्यक्रम रहेको छ । जिल्लाका ७९ वटा वडा कमिटी र २१ जनबर्गीय संगठनबाट गरी करिब ८ सय प्रतिनिधीहरु आउने भएका छन् ।
अधिवेशन पुस २३ र २४ गते हुने एमाले जिल्ला अध्यक्षको दावेदारहरुका लागि प्रदीप कटुवाल, केशव प्रसाद देवकोटा,कुमार बहादुर कार्की (रामकुमार),विनोद कुमार खड्का र कौशल कोइराला जिल्ला अध्यक्षको दावेदारका रुपमा देखिएका छन् ।
एमालेका वर्तमान जिल्ला अध्यक्ष कटुवाल सहित युवा नेताहरु अध्यक्ष पद हत्याउन आ–आफ्नो कार्यकर्ताहरुको बिचमा मत  माग्दै  आफ्नो पक्षमा प्रतिनिधीहरु पार्न लविङ्गमा रहेका नेकपा(एमाले) सिन्धुलीले जनाएको छ ।
अध्यक्षका दाबेदारको रुपमा वर्तमान  अध्यक्ष कटुवाल रहेका छन्। कटुवाल सिन्धुली क्षेत्र नं.१ प्रदेशसभा ‘ख‘ मा एमालेका तर्फबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।उनी २०७० सालमा एमालेको ७ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएर नौ बर्ष जिल्ला पार्टी नेतृत्वमा रहिरहेका छन् ।
देवकोटा एमाले  राजनितिमा लामो समय सक्रिय प्रभावशाली नेता हुन् । एमाले पूर्व जिल्ला अध्यक्ष समेत रहेका नेता देवकोटा केन्द्रीय सदस्य हुँदै जनकपुर इन्चार्ज समेत बनेका थिए ।माओवादी जनयुद्धको समयमा सिन्धुलीको एमाले थेग्ने नेताको रुपमा परिचित रहेका छन् ।
यता एमालेको सक्रिय राजनीतिमा रहेका कार्की अनुशासित र मेहनती नेताको रुपमा परिचित छन् । उनी भूमी समस्या समाधान आयोग जिल्ला अध्यक्ष समेत रहेका थिए। कार्की  अहिले अध्यक्षका प्रत्यासी मध्ये  कार्यकर्ताहरुको माझ सबैभन्दा लोकप्रीय नेताको रुपमा परिचित रहेका छन् ।
पछिल्लो पुस्ताका युवा नेताहरुमा खड्काको पहिचान अलि फरक छ । खड्का युवा संघबाट एमालेको राजनीतिमा प्रवेश गरेका नेता हुन्। खड्का नेतृत्व परिवर्तन र पुस्ता हस्तान्तरणको नारा लिएर अगाडी बढेका छन्। उनि यस अघीको एमालेको सातौँ जिल्ला अधिवेशनमा उपाध्यक्षमा पराजित भएका थिए । प्रदेशसभा निर्वाचनमा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नं २ प्रदेशसभा ‘क‘ बाट बागमती प्रदेश सभा  सदस्यमा निर्वाचित भएका थिए।
त्यसैगरी कोइराला पनि एमाले जिल्ला अध्यक्षको दौडमा रहेका छन् । एमालेको सातौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदमा उम्मेरद्वारी दिएका कोइराला पराजित भएका थिए। यी पाँचै जना नेताको आ–आफ्नै उच्च छवी र दाबी छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech