Close This

कोरोनाका कारण सर्लाही थप एकको मृत्युु,नेपाली सेनाद्धारा शवको व्यावस्थापन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२१ गते   ४७२ पटक हेरिएको

कोरोनाका कारण मृत्यु भएकाको नेपाली सेनाद्धारा शवको व्यावस्थापनको सांकेतिक तस्वीर

सर्लाहीमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको ज्यान गएको छ । सर्लाहीका चक्रघट्टा गाउँपालिका ३ का ३८ वर्षीय एक पुरुषको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा आईतबार मृत्यु भएको हो ।
मधुमेहका दीर्घ रोगी रहेका उनलाई स्वास्थ्यमा थप समस्या देखिएपछि दुईसाता अघि अस्पताल भर्ना गरिएको थियो । अस्पतालका अनुसार स्वाब परिक्षण गर्दा दश दिनअघि उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
उपचारको क्रममा आइतबार दिउँसो उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष विक्रम राय यादवले जानकारी दिनुभयो । योसंगै सर्लाहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । उक्त शवलाई चक्रघट्टा गाउँपालिका ३ को सुन्दरपुर पश्चीममा रहेको लखनदेही खोलाको घाटमा नेपाली सेनालेआवश्यक मापदण्ड अनुसार व्यावस्था गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech