सर्लाहीको मलंगवा नगरपालिका १० स्थित सहारा गेष्ट हाउसबाट आफुलाई प्रहरी निरिक्षक बताउने नक्कली प्रहरी निरिक्षक पक्राउ परेका छन्।मलंगवा नगरपालिका १० स्थित सहारा गेष्ट हाउसबाट आफुलाई प्रहरी निरिक्षक बताउदै ठगी गरेको आरोपमा हरिवन नगरपालिका ६ घुर्कौलीका अन्दाजी २९ वर्षीय अनुक्रम खरेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार मलंगवा नगरपालिका १० स्थित सहारा गेष्ट हाउस भित्र एक जना युवकले नेपाल प्रहरीको ब्यूरोबाट खटिएको इन्स्पेक्टर हुँ भन्दै होटल सञ्चालकलाई धाकधम्की दिइरहेको सूचना पाएपछि खटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीबो प्रहरी टोलीले हरिवन नगरपालिका ६ का खरेललाई पक्राउ गरेको हो ।
प्रहरी निरिक्षक हुँ भन्दै धाकधम्की लगाउँदै ठगी गर्दै गरेको आरोपमा पक्राउ परेका खरेलको साथबाट लागु औषध स्पास्मो २४ ट्याब्लेट बरामद् भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।खरेललाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।