लालबन्दी १५ र १६ ले सहयोग गर्यो आवाश सामाग्री

404 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १५ र १६ परवानीपुरले दुुर्गमबाट बर्थिङ सेन्टरमा सेवा लिन आउने सुत्केरीलाई आवास व्यवस्थापनका लागि विभिन्न सामग्री सहयोग गरेको छ।लालबन्दी नगरपालिका १५ र १६ परवानीपुरमा रहेको परवानिपुर स्वास्थ्य चौकीमा सञ्चालित बर्थिङ सेन्टरमा लालबन्दी नगरपालिका १५ को चुरे स्थित विकट गाउँबाट समेत सुत्केरीहरु सेवा लिन सेवाग्राहीहरु आउने गरेका र उनीहरुलाई परवानीपुरमा झर्दा बस्ने ठाउँको अभाव हुने गरेकाले आवास व्यवस्थापनका लागि सुत्केरीलाई बस्ने र पकाएर खाने सामग्रीको अभाव नहोस् भन्नका लागि  विभिन्न सामग्री प्रदान गरिएको लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष गणेश बहादुर थापाले जानकारी दिए ।
उनका अनुसार लालबन्दी नगरपालिका १५ र १६ को  बजेटबाट बर्थिङ सेन्टरलाई बक्स पलङ्,सिरक,डस्ना, ग्याँस चुल्हो,ग्याँस सिलिण्डर,भाँडावर्तन र किचेन र्याककलगायतका सामग्री प्रदान गरिएको हो ।चुरेको विकट क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका १५ शीर कालिन्जोरमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई गाउँघर क्लिनिक चलाउन टेबल र कुर्सी समेत प्रदान गरिएको लालबन्दी नगरपालिका १५ का वडा अध्यक्ष गोरख बहादुर बलले बताए।उनका अनुसार १७ वटा वडा रहेको लालबन्दी नगरपालिकाको १५ र १४ नम्बर वडा सबैभन्दा विकट भएपनि माथिल्लो सरकारको धयान पुगेको छैन् ।

सम्बन्धित समाचार