Close This

चेम्बर अफ कर्मस सर्लाहीको प्रथम सम्मेलन सम्पन्न,अध्यक्षमा पुनः प्रधान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-७ गते   १८७५ पटक हेरिएको

नेपाल चेम्बर अफ कमर्स सर्लाहीको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्पन्न प्रथम सम्मेलनले  अध्यक्षमा पुनः रामभक्त प्रधानलाई नै चयन गरेको छ ।  चेम्बर अफ कर्मस सर्लाहीको प्रथम जिल्ला सम्मेलनबाट प्रधान दोस्रो कार्यकालका लागि फेरि अध्यक्षमा चयन हुनु भएको छ । 
 यस्तै, चेम्बर सर्लाहीको वरिष्ठ उपाध्यक्षमा बैकुण्ठ सापकोटा र सुगन्ध कुमार गुप्ता तथा उपाध्यक्षमा राजन कुमार श्रेष्ठ र विकास गोयल चयन हुनु भएको छ ।  एक जना उपाध्यक्ष भने चयन गर्न बाँकी रहेको महासचिव सुसिल चालिसेले जानकारी दिनु भयो । त्यसैगरी, महासचिवमा पुन चालिसे, उप महासचिवमा कमलेस साह, सचिवमा रामपृत जयसवाल, कोषाध्यक्षमा पवित्रा घिमिरे(मिश्रा)लगायत ३७ सदस्यहरु चयन हुनु भएको छ ।
चेम्बरको ३७ सदस्यीय कार्य समितिमध्ये ५ जना पछि कार्य समितिले नै मनोनयन गर्ने निर्णय भएको उपाध्यक्षमा  श्रेष्ठले जानकारी दिनुभयो । नेपाल चेम्बर अफ कमर्सका राष्ट्रिय अध्यक्ष राजेश मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला सम्मेलनमा जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी, प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडा, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी बल १० नं.हेंक्वा गण कविलासीका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ लगायतको आतिथ्यता रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech