जसपाका सर्लाही सचिव रायको नेतृत्वमा करिब ५ सय जना माओवादी केन्द्रमा प्रवेश

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-२३ गते   २३८ पटक हेरिएको

जनता समाजवादी पार्टी(जसपा)सर्लाहीका सचिव जयप्रकाश राय र बरहथवा नगर कमिटिका अध्यक्ष लक्ष्मी राय नेकपा(माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । माओवादी केन्द्र सर्लाही क्षेत्र नम्बर ३ को चुनावी प्रचार प्रसार कार्यक्रम अन्र्तगत बरहथवा नगरपालिका १० स्थित दास धर्मशालामा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा सर्लाहीका सचिव  रायको नेतृत्वमा करिब ५ सय जना विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका माओवादी केन्द्र बरहथवा नगर कमिटिका अध्यक्ष सुमन थापाले जानकारी दिए ।


मंसिर ४ गतेहुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको प्रचार प्रसार कार्यक्रम अन्र्तगत भएको पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी नेपाल(जसपा)ले मधेश विरोधी पार्टीनेकपा(एमाले)संग गठबन्धन गरेको भन्दै असन्तुष्टी जनाउँदै आफ्नो नेतृत्वमा करिब ५ सय जना विभिन्न पार्टीका नेता एवम कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका नव प्रवेशी नेता रायले बताए । उनि यहि बैशाख ३० गते भएको स्थानिय निकायको निर्वाचनमा बरहथवा नगरपालिकाको नगर प्रमुख पदको उम्मेदवार थिए भने  जसपा बरहथवा नगर कमिटिका अध्यक्ष लक्ष्मी बरहथवा नगरपालिका ५ को वडा अध्यक्ष पदका उम्मेदवार थिए ।
जसपा सर्लाहीका सचिव रायले संघीय र प्रदेशको निर्वाचनको मुखैमा ठुलो संख्यामा माओवादी केन्द्रमा प्रवेश गर्दा एमाले र जसपाविच भएको दुई दलिय गठबन्धनलाई ठुलो झटका लागेको छ । रायले जसपाले मधेस विरोधी पार्टी एमालेसँग गठबन्धन गरेको,जसपाले मधेशलाई निकास दिन नसकेको र जसपाले राष्ट्रियस्तरको राजनितीमा आफ्नो सहभागीता जनाउन नसेको भन्दै माओवादी केन्द्रमा प्रवेश गरेको कमलामाई मिडिया प्रा.लिलाई बताए । उनले जसपाका अध्यक्ष उपेन्द्र यादवले व्यक्तिगत स्वार्थका लागि मधेश विरोधी पार्टी एमालेसंग गठबन्धन गरेको समेत बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मधेश विरोधी तथा प्रतिगामीको संज्ञा दिने जसपा अध्यक्ष यादवले एकाएक तिनै एमाले अध्यक्ष ओलीसँग चुनावी तालमेल गरेको र मधेसी जनताको भावना माथि खेलवाड गरेका कारण आफुसहित विभिन्न पार्टीका करिब ५ सय जना नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेको नेता रायले बताए ।  उनले विचार, सिद्धान्त, नीतिभन्दा पनि जसपा अध्यक्ष यादवले सत्ता र शक्तिलाई बढी महत्व दिएकै कारण जसपाका नेताहरू रुष्ट रहेको बताए । माओवादी केन्द्रका उप–महासचिव एवम मधेश प्रदेशका इन्चार्ज गणेश साहको प्रमुख आतिथ्यतामा भएको पार्र्टी प्रवेश कार्यक्रममा उनिहरु माओवादी केन्द्रमा प्रवेश गरेका माओवादी केन्द्र बरहथवा नगर कमिटी सचिव रामबाबु सिंहले जानकारी दिए । 


नगर कमिटी अध्यक्ष सुमन थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थायी कमिटी सदस्य रामेश्वर राय,पोलिट ब्यूरो सदस्य अच्यूतम काफ्ले,केन्द्रीय सदस्य राधेश्याम पासवान केन्द्रीय सदस्य माया बल,हरिवन नगरपालिकाका नगरप्रमुख एवम माओवादी केन्द्र सर्लाहीका संयोजक रमेश बुढाथोकी(कमल),माओवादी केन्द्र मधेश प्रदेश कमिटि सदस्य एवम बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा लगायत पाँच दलिय  गठवन्धनको तर्फबाट सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेन्द्र साह र बरहथवा नगरपालिकाका निवर्तमान नगर प्रमुख देवानन्द महतो लगायतको विशेष उपस्थिती रहेको योङ्ग कम्युनिष्ट लिन(वाईसिएल) नेपालका नेता मोहनलाल श्रेष्ठ(सन्देश)ले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech