सिन्धुलीको कमलामाई नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । आविष्कार ईनर्जी प्रा.लि र बिएसपी नेपाल काठमाडौँले नगरपालिकालाई संयुक्त रुपमा स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
सहयोग गरिएको स्वास्थ्य समाग्रीहरुमा १ सय ५० थान पि.पि.ई सेट ,५० थान डिस्पोजेवल पि.पि.ई सेट र १०० थान वासेबल पि.पि.ई सेट रहेको कमलामाई नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
उक्त स्वास्थ्य समाग्रीहरु नगर प्रमुख खड्ग बहादुर खत्रीलाई हस्तान्तरण गरिएको आविष्कार ईनर्जी प्रा.लि र बिएसपी नेपाल काठमाडौँले जनाएको छ ।
कार्यक्रममा उधोग वाणिज्य संघ महोत्तरीका उपाध्यक्ष विजय कुमार महतो, नेपाल रेडक्रस सोसाईटी वर्दिवासका सभापति मुकुन्द प्रसाद पौडेल, होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष सुदिप कार्की, सर्जिकल एसोसिएशनका प्रतिनिधि नवराज तिमल्सीना र नगर पत्रकार संजाल बर्दिवासका अध्यक्ष विक्रम रौनियार लगायतको उपस्थिति रहेको थियो ।