स्थानिय निकायको निर्वाचन २०७९ को सम्पन्न मतगणना अनुसार अहिलेसम्म ४ सय २३ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमा १ सय २ वटा नगरपालिका र ३ सय २१ वटा गाउँपालिका गरी ४ सय २३ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।
सार्वजनिक मत परिणाम अनुसार अहिलेसम्म पहिलो स्थानमा नेपाली कांग्रेस रहेको छ जसले अहिलेसम्म १ सय ९४ वटा पालिकामा जित निकालेको । ५५ वटा नगरपालिका र १ सय ३९ वटा गाउँपालिका गरी कांग्रेसले १ सय ९४ वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको हो ।
यस्तै कांग्रेसले ४७ वटा नगरपालिकाको उप प्रमुख र १ सय ३९ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय ८६ ठाउँमा उप प्रमुख तथा उपाध्यक्ष जितेको छ । नेपाली कांग्रेसले १ हजार ९ सय ३९ वटा वडामा अध्यक्ष जितेको छ ।
पालिका चुनावको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । एमालेले अहिलेसम्म २९ वटा नगरपालिका र ९१ वटा गाउँपालिका गरी १ सय २० वटा पालिकाको प्रमुख पद जितेको छ । एमालेले ३३ वटा नगरपालिकाको उप प्रमुख र ८९ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय २२ वटा पालिकामा उप प्रमुख तथा उपाध्यक्ष जितेको निर्वाचन आयोगले जनाएको छ । एमालेले १ हजार ५ सय ९ वटा वडामा अध्यक्षमा जित हासिल गरेको छ ।
भने नेकपा(माओवादी केन्द्र) ले अहिलेसम्म ९ वटा नगरपालिका र ७४ वटा गाउँपालिका गरी ८३ वटा पालिकाको प्रमुख पद जितेको छ । माओवादी केन्द्रले १५ वटा नगरपालिकाको उप प्रमुख र ७६ वटा गाउँपालिकाको उपाध्यक्ष गरी ९१ ठाउँमा उप प्रमुख तथा उपाध्यक्ष जितेको छ । माओवादी केन्द्रले ८ सय २१ वटा वडामा अध्यक्ष पदमा जित निकाल्दै तेस्रो स्थान ओगटेको छ ।
नेकपा (एकीकृत समाजवादी)ले १ नगरपालिका नगर प्रमुख र ५ वटा गाउँपालिकामा अध्यक्ष जितेको छ । त्यस्तै एकीकृत समाजवादीले ४ वटा नगरपालिकाको उप प्रमुख र ९ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । निर्वाचन आयोगका अनुसार स्वतन्त्र तथा अरु दलबाट गरी अहिलेसम्म १५ जना पालिकाको नगर प्रमुख तथा अध्यक्षमा विजयी भएका छन् । जसमध्ये जनता समाजवादी पार्टीले ५ वटा गाउँपालिकाको अध्यक्ष पदमा जित निकालेको छ । राष्ट्रिय जनमोर्चाले ३ वटा गाउँपालिकामा अध्यक्ष जितेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले २ वटा पालिकामा जितेको छ । नेपाल मजदुर किसान पार्टीले १ नगरपालिकामा नगर प्रमुख जितेको छ । अरु ४ वटा स्वतन्त्र रहेका छन् । निर्वाचन आयोगका अनुसार स्वतन्त्र तथा अन्य गरी २ वटा नगरमा उप प्रमुख तथा ९ वटा गाउँपालिकामा उपाध्यक्ष गरी ११ पालिकामा उप प्रमुख तथा उपाध्यक्ष जितेका छन् ।