908
Shares
दुर्गा कुमारी अधिकारी
सर्लाही बागमती नगरपालिका ११ पशुपति सामुदायिक वन क्षेत्रमा भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला परेको छ । बागमती नगरपालिका ११ पशुपति सामुदायिक वनको बाँस घारी नजिक १ नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार स्थानीयले भरुवा बन्दुक देखेपछि प्रहरीलाई खबर गरेका र इलाका प्रहरी कायाृलय हरिवन र कर्मैयाको प्रहरी टोली सो स्थानमा पुगि बन्दुक नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको बन्दुकको सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको सर्लाही प्रहरीले जनाएको छ ।