सिन्धुलीमा निर्माण कै चरणमा सडक गुणस्तरहिन

412 Shares

सिन्धुली सदरमुकाम सिन्धुलीमाढीबाट चकमके हुँदै बाहुनतिल्पुङ तथा आम्बोटे जिनाखु जाने सडक निर्माण अन्तिम चरणमा पुगेको छ।सिन्धुली सदरमुकामलाई ग्रामिण क्षेत्रसंग जोड्नका लागि भन्दै निर्माण भई रहेको सडक निर्माण कै चरणमा गुणस्तरहिन भएको स्थानीयले बताएका छन् ।
सदरमुकाम सिन्धुलीमाढी स्थित कमलामाई नगरपालिका ७ माझिटार चोकदेखि करिब २८ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरि निर्माण सुरु गरिएकोमा पहिलो खण्ड अन्तर्गत जीर्घाखोला सम्मको १४ दशमलव ५६ किलोमिटर सडकको निर्माण अन्तिम चरणमा पुगेको भएपनि निर्माण कै क्रममा सो सडक भत्किन थालेको स्थानीयले बताए।“कालो पत्रे भएको सडकको ठाउँठाउँमा पिच उक्किँदा सवारी दुर्घटनाको जोखिम बढेको छ ।”कमलामाई नगरपालिका १२ घुम्ती सडकको कबिर २० मिटर पिच उक्किएको र ग्रेगर भएकाले दैनिक मोटसाइकल दुर्घटना हुने गरेको छ ।रातको समयमा बढी दुर्घटना हुने गरेको छ।”एक स्थानीयले बताए ।
स्थानीयको व्यापक गुनासो आएपछि सडकको अनुगमन गरिरहेको पुर्वाधार बिकास कार्यालय सिन्धुलीका प्रमुख लक्ष्मी प्रसाद देवकोटाले बताए।“निर्माणको अन्तिम चरणमा पुगेको सडकको ठाउँठाउँमा केहि फल्ट रहेको पाइएको छ।निर्माण व्यवसायी आशिष डिएस जेभि हेटौँडालाई फल्ट भएको ठाउँमा सडक निर्माण गर्न अनुरोध गरेका छौँ ।केहि दिनमा पुन सडक निर्माण हुन्छ।”उनले बताए ।रु ३४ करोड ४० लाख ५८ हजार सात सय ५७ रकममा माझिटारबाट जिर्घासम्मको १४ किलोमिटर ५६ मिटर लम्बाई र १२ मिटर चौडाई निर्माणका लागि आशिष डिएस जेभि हेटौँडासंग ठेक्का सम्झौता भएको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार