Close This

कौडेना गाउँपालिकामा अध्यक्ष,उपा अध्यक्ष सहित बहुमत वडामा कांग्रेस विजयी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-३ गते   १९३६ पटक हेरिएको

सर्लाहीको कौडेना गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। सार्वजनिक मत परिणामअनुसार कांग्रेसका रूपेशकुमार २ हजार ८ सय ४० मतान्तरले विजयी भएका हुन्। 
रूपेशले ५ हजार २ सय ८१ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका राजनन्दन प्रसादले २ हजार ४ सय ४१ मत प्राप्त गरेका छन्। उपप्रमुखमा पनि नेपाली कांग्रेसकी उम्मेदवार नगिना देवी ४ हजार ९ सय ६३ मतसहित विजयी भएकी छिन्। उनकी निकटतम् प्रतिस्पर्धी जसपाकी पलवी देवीले २ हजार ६ सय ६२ मत प्राप्त गरिन्। 
पालिकाको ४ वटा वडामा कांग्रेस विजयी हुँदा जसापा,नेकपा(माओवादी केन्द्र) र राजपा १–१ वडामा विजयी भएका छन्। वडा नम्बर १ मा कांग्रेसका राजेश पटेल, २ मा कांग्रेसकै रामदरेश ठाकुर, ३ मा जसपाका पञ्चु चौधरी कल्वार, ४ मा कांग्रेसका रामविश्वास राय, ५ मा कांग्रेसका अनिश खातुन, ६ मा माओवादी केन्द्रका राम उमेश राय र ७ मा राप्रपाका विजयकुमार यादव विजयी भएका निर्वाचन अधिकृतको कार्यालय कौडेनाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech