सर्लाहीको नाढीमन ताल देशभरका सय प्रमुख पर्यटकीय गन्तव्यहरूमा समावेश

369 Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिका स्थित रहेको ऐतिहासिक नाढीमन ताल देशभरका सय प्रमुख पर्यटकीय गन्तव्यहरूमा समावेश भएको छ।चन्द्रनगर गाउँपालिका ६ र ७ मा स्थित रहेको नाढीमन ताललाई नेपाल पर्यटन बोर्डले सय प्रमुख पर्यटकीय गन्तव्यहरूमा समावेश गरेको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले जानकारी दिए ।
उनका अनुसार नाढीमन ताललाई नेपाल सरकारको मन्त्री परिषद्ले औपचारिक रूपमा पारित गरी पर्यटकीय गन्तव्यका रूपमा मान्यता दिएको हो।तालको प्रवद्र्धनका लागि लामो समयदेखि पहल गरिरहेकोमा अहिले सफल भएको भन्दै गाउँपालिका अध्यक्ष महतोले खुसी व्यक्त गरे ।
नेपाल पर्यटन बोर्डले नाढीमन तालको विशेषता समेटिएको क्युआर कोड चन्द्रनगर गाउँपालिका अध्यक्ष महतोलाई हस्तान्तरण गरेको छ।मेटल प्लेटमा तयार गरिएको उक्त क्युआर कोडमार्फत स्वदेशी तथा विदेशी पर्यटकहरूले नाढीमन तालको ऐतिहासिक,प्राकृतिक र धार्मिक पृष्ठभूमिबारे विस्तृत जानकारी प्राप्त गर्न सकिने गाउँपालिका अध्यक्ष महतोले बताए ।
पर्यटन बोर्डले नाढीमन ताललाई “नेपालमा घुम्न लायक गन्तव्य”मानेर आफ्नो वेबसाइटमा समावेश गरेको र सो वेबसाइटमा तालको महत्व झल्काउने रोचक कथा पनि समावेश गरिएको गाउँपालिका उपाअध्यक्ष गीतादेवी महतोले बताईन्।उनका अनुसार स्थानीयहरूले आफ्ना पुर्खाबाट सुनेका ऐतिहासिक विवरणहरू प्रस्तुत गरिएका छन्।यसले नेपालको इतिहासप्रति चासो राख्ने पर्यटकलाई आकर्षित गर्ने गाउँपालिका उपाअध्यक्ष गीतादेवीले विश्वास व्यक्त गरिन् ।
नाढीमन तालको उत्पत्तिसम्बन्धी धेरै कथा प्रचलित छन्।स्थानीयका अनुसार यो ताल महाभारत कालसँग जोडिएको छ र हजारौँ वर्ष पुरानो हुन सक्ने अनुमान गरिएको छ।विसं १९७४÷०७५ तिर तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले सो क्षेत्रका करिब सात सय बिघा जग्गा बडाकाजी श्री मरिचिमण सिंह प्रधानलाई दिएका थिए। त्यसपछि उक्त क्षेत्रमा वन फँडानी र बसोबास सुरु भएसँगै यो तालको अस्तित्व स्थानीयहरूले फेला पारेको जनविश्वास रहेको छ।
ताल प्राकृतिक सौन्दर्यले भरिएको मात्र नभई धार्मिक र ऐतिहासिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ।यस क्षेत्रको संरक्षण,प्रवद्र्धन तथा पर्यटन विकासमा गाउँपालिकाले विशेष चासो दिएको गाउँपालिका अध्यक्ष महतोले बताए ।पर्यटन बोर्डसँगको सहकार्यमा तालमा आउने पर्यटकहरूलाई सहज बनाउने योजना गाउँपालिकाले अघि सारेको छ।डिजिटल प्रविधिको प्रयोग गरेर पर्यटकलाई जानकारी प्रदान गर्ने पहलले नेपालको ग्रामीण तथा सांस्कृतिक पर्यटनमा ठुलो योगदान पु¥याउने विश्वास लिइएको छ ।
५२ बिघामा फैलिएको यो ताल अहिले अतिक्रमणका कारण करिब ३२ बिघामा खुम्चिएको उक्त तालमा २०७२ चैतमा नेपाली सेनाले तालमा विभिन्न पर्यटकीय संरचना निर्माण गरी तत्कालिन ताल संरक्षण समितिलाई हस्तान्तरण गरेको थियो ।त्यसपछि तालमा डुङ्गा चढ्ने लगायत ताल अवलोकनका लागि पुग्नेहरू बढेका भए पनि पछिल्लो केही समययता उक्त ताल सुनसान देखिएको थियो ।

सम्बन्धित समाचार